Technology Khabar २ भाद्र २०८१, आईतवार
काठमाडौं ।
चाइना मोबाइलले जेडटिई निजी नेटवर्क र शाओमी एमएमवेभ फोनसँग फ्री-रोम भीआर गेमिङको परीक्षण गरेको छ।
जेडटिईले शाओमी र चाइना मोबाइल सँगको साझेदारीमा फाइभजी-एडभान्स प्राइभेट नेटवर्कद्वारा संचालित “फ्री-रोम” इमर्सिभ भीआर गेमिङ सेटअप परीक्षण गरेको बताएको छ।
भीआर सेटअप २६ देखि २९ जुलाई सम्मको चाइनाजोय गेमिङ कार्यक्रममा मानिसहरुका लागि खुला थियो र शाओमीको १४ प्रो ह्यान्डसेटलाई परीक्षण उपयोगमा प्रयोग गरियो।
१४ प्रो क्वालकमको स्न्यापड्रागन एक्स७५ चिपसेट मार्फत एमएमवेभ क्षमताहरूसँग सुसज्जित थियो, जसले ५जी एडभान्स-सक्षम मोडेम र रेडियो फ्रिक्वेन्सी मोड्युल समावेश गर्दछ।
प्रकाशित: २ भाद्र २०८१, आईतवार