ओला इलेक्ट्रिकले भारतमा सार्वजनिक गर्यो आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल रोडस्टेर सिरिज

Technology Khabar १ भाद्र २०८१, शनिबार

काठमाडौं ।

भारतीय विद्युतीय दुईपाङ्ग्रे सवारी कम्पनी ओला इलेक्ट्रिकले भारतीय स्वतन्त्रता दिवसको अवसरमा बिहीबार आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल रोडस्टेर (Roadster) सिरिज सार्वजनिक गरेको छ। कम्पनीको विद्युतीय मोटरसाइकल सिरिजमा रोडस्टेर, रोडस्टेर प्रो र रोडस्टेर एक्स ल्याएको छ।

रोडस्टेर एक्सको मूल्य २.५ किलोवाट आवर ब्याट्री प्याकको लागि भारु ७४,९९९ छ। यो लगभग २.८ सेकेन्डमा ०-४० किमी/घण्टाको गतिमा पुग्न सक्छ। यसको उच्च गति लगभग १२४ किमी/घन्टा छ। ओला इलेक्ट्रिकले एकै पटकको चार्जमा करिब २०० किलोमिटर कुद्न सक्ने दायरा रहेको दाबी गरेको छ। यसमा ४.३ इन्चको टचस्क्रिन छ। यसका लागि बुकिङ सुरु भइसकेको छ। यसको डेलिभरी अर्को वर्षको सुरुमा हुनेछ।

यस मोटरसाइकल सिरिजको रोडस्टेरको ३.५ किलोवाट आवर ब्याट्री प्याक भेरियन्टको मूल्य १,०४,९९९ भारतीय रुपैयाँ, ४.५ किलोवाट आवर भेरियन्टको मूल्य १,१९,९९९ भारु र ६ किलोवाट आवर भेरियन्टको मूल्य १,३९,९९९ भारतीय रुपैयाँ छ। यसले २.२ सेकेन्डमा ०-४० किमी/घन्टाको गति लिन सक्छ। यसको टप स्पीड १२६ किमी/घण्टा छ। एक पटक चार्जमा यसको दायरा करिब ५७९ किलोमिटर रहेको दाबी गरिएको छ । यसमा ७ इन्चको टचस्क्रिन छ।

यस इलेक्ट्रिक मोटरसाइकल सिरिजको रोडस्टेर प्रोले १.२ सेकेन्डमा ०.४० किमी/घन्टाको गति लिन सक्छ। यसको टप स्पीड लगभग १९४ किमी/घन्टा छ र एक पटक चार्ज गर्दा दायरा लगभग ५७९ किमी छ। यसमा १० इन्चको टचस्क्रिन छ।

रोडस्टेर प्रोको ८ किलोवाट आवर ब्याट्री भेरियन्टको मूल्य १,९९,९९९ भारु र १६ किलोवाट आवर ब्याट्री भेरियन्टको मूल्य २,४९,९९९ भारु छ। यो विद्युतीय मोटरसाइकलको डेलिभरी अर्को वर्ष दीपावलीबाट सुरु हुनेछ।

प्रकाशित: १ भाद्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया