Technology Khabar ३१ श्रावण २०८१, बिहीबार
काठमाडौं ।
गुगलले मंगलबार आफ्नो वार्षिक ‘मेड बाइ गुगल’ कार्यक्रम सदाको भन्दा पहिले आयोजना गरेको छ। सर्च जायन्टले उक्त कार्यक्रममा स्मार्टफोन, फोल्डेबल फोन, स्मार्टवाच र टीडब्ल्यूएस इयरफोनहरू सहित धेरै डिभाइसहरू अनावरण गरेको छ।
यसअघि नै लीक र अफवाहहरूले नयाँ डिभाइसको बारेमा सबै कुराहरुको खुलासा गरेको जनाइएको छ। गुगल पिक्सेल ९ गत वर्षको पिक्सेल ८ को उत्तराधिकारीको रूपमा आएको जनाइएको छ। साथै यस गुगल पिक्सेल ९ मा पूर्णतया नयाँ डिजाइन र केही वृद्धि गरिएको अपग्रेडहरू प्याक गरिएको जनाइएको छ।
गुगल पिक्सेल ९ को स्पेसिफिकेसन्स र फिचर्सहरू
गुगल पिक्सेल ९ आफ्नो पूर्ववर्तीमा रहेको स्लिम प्रोफाइलको तुलनामा फ्ल्याट फ्रेमको साथ बक्सी डिजाइन र कम्प्याक्ट फर्म फ्याक्टरकको साथ आएको जनाइएको छ।
साथै पछाडिको प्यानलमा रहेको तेर्सो क्यामरा बारलाई अब ट्रिम गरिएको हुनाले किनारहरूसम्म नपुग्ने उल्लेख गरिएको छ। स्मार्टफोनको अगाडि ६.३ इन्चको एक्चुअल डिस्प्लेको साथ बीच भागमा पन्च–होल कटआउट रहेको जनाइएको छ। साथै यसले १२० हर्ज रिफ्रेस रेट प्रदान गर्ने जनाइएको छ।
गुगलले डिभाइसमा अप्टिकल फिंगरप्रिन्ट स्क्यानरलाई खारेज गरेर नयाँ अल्ट्रासोनिक स्क्यानर राखेर पठाएको उल्लेख गरिएको छ।
अप्टिक्सको सन्दर्भमा गुगल पिक्सेल ९ ले ५० मेगापिक्सेलको प्राइमरी सेन्सरको साथ डुअल रियर क्यामरा समावेश गरेको जनाइएको छ। साथै गुगल पिक्सेल ९ मा अल्ट्रा–वाइड–एंगल लेन्सलाई १२ मेगापिक्सेलबाट ४८ मेगापिक्सेलमा व्यापक रूपमा अपग्रेड गरिएको उल्लेख छ।
डिभाइसको अगाडि भने १०.५ मेगापिक्सेलको सेल्फी स्न्यापर समावेश गरिएको उल्लेख छ। साथै स्मार्टफोनमा म्याजिक इरेजर, बेस्ट टेक र थप सुविधाहरू पनि समावेश गरिएको जनाइएको छ।
गुगल पिक्सेल ९ मा टेन्सर जी४ प्रोसेसर रहेको जनाइएको छ। साथै यसमा १२जीबी र्याम र २५६जीबी सम्मको इन्टर्नल स्टारेज रहेको उल्लेख छ। स्मार्टफोनले २७ वाट फास्ट चार्जिङ र वायरलेस चार्जिङको लागि समर्थन सहितको ४,७००एमएएच ब्याट्री युनिटबाट पावर प्राप्त गर्ने जनाइएको छ।
सफ्टवेयरका सम्बन्धमा पिक्सेल ९ एन्ड्रोइड १४ ओएसमा चल्ने र सात वर्षको अपग्रेड प्राप्त गर्ने बारेमा पनि निश्चित गरिएको थप उल्लेख छ। त्यसैगरी डिभाइसमा इमर्जेन्सी एसओएस फिचर (आपतकालीन सुविधा) पनि समावेश गरिएको उल्लेख छ जसले तपाईंलाई कुनै पनि संकटको बारेमा सचेत गराउनुका साथै मालवेयर र फिसिङ स्क्याम्स (घोटालाहरू) को सामना गर्ने दावी पनि गरिएको उल्लेख छ।
साथै यसले तपाईंलाई कुनै पनि नेटवर्क नभएको ठाउँमा पनि कनेक्टेड रहन मद्दत गर्ने थप उल्लेख गरिएको छ। यसबाहेक डिभाइसले जेमिनी एआई सहित थप फिचर्स (सुविधाहरू) लाई समर्थन गर्ने उल्लेख गरिएको छ।
गुगल पिक्सेल ९ ब्सिडियन, पोर्सिलेन, रोज र ग्रीन (हरियो) रङ्गङ्गरुमा उपलब्ध हुने जनाइएको छ। स्मार्टफोनको १२८ जीबी भेरियन्टको लागि ८०० अमेरिकी डलर/८९९ यूरो २५६ जीबी विकल्पको लागि ९०० अमेरिकी डलर/९९९ यूरोबाट मूल्य सुरु हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ३१ श्रावण २०८१, बिहीबार