आगामी एप्पल वाच एसई ३ प्लास्टिक फ्रेममा आउन सक्ने

Technology Khabar ३१ श्रावण २०८१, बिहीबार

काठमाडौं ।

एप्पल वाच एसई (२०२२) प्लास्टिक/सफायर क्रिस्टल ब्याक र आल्मुनियम फ्रेमको साथ सार्वजनिक गरिएको थियो। अब अर्को पुस्ताको एप्पल वाच एसई भने प्लास्टिकको आवरणको साथ आउने अफवाह बाहिरिएको छ। अघिल्लो रिलिज मितिहरूको आधारमा यो प्रोडक्ट यस वर्षको सेप्टेम्बर महिनामा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

ब्लूमबर्ग रिपोर्टबाट आएको यो समाचारले अर्को पुस्ताको एप्पल वाच एसईले मेटल केस त्यागेर त्यसको सट्टा प्लास्टिकको केस प्रयोग गर्ने योजना बनाएको दावी गरेको छ।

यदि ब्लूमबर्ग रिपोर्ट सत्य भएको खण्डमा भने यो प्लास्टिक फ्रेमको साथ आउने पहिलो एप्पल वाच एसई हुने जनाइएको छ। यस कदमको पछाडिको उद्देश्य लागत घटाएर खुद्रा मूल्यलाई लगभग २०० अमेरिकी डलरमा झार्नु  भएको उल्लेख गरिएको छ।

साथै नयाँ सामग्री प्रयोग गर्दा सजिलो निर्माण जस्ता अन्य फाइदाहरू हुन सक्ने जनाइएको छ। प्लास्टिकको तुलनामा, मेटल सर्फेस (धातुको सतह) हरू पेन्ट (रङ्ग लगाउन) गाह्रो हुने र प्लास्टिकको सामग्रीमा भने विभिन्न कलर अप्सन्स (रङ्ग विकल्पहरू) प्रदान गर्न सजिलो हुने थप उल्लेख गरिएको छ।

यसका अतिरिक्त, घटाइएको मूल्य (यदि साँचो हो भने) ले प्रडक्टलाई प्रयोगकर्ताहरूको फराकिलो दायराको लागि किफायती बनाउन सक्ने उल्लेख छ।

यो विशेष गरी स्कूलमा फोन बोक्न वा लैजानका लागि अनुमति नभएका स्कूलका विद्यार्थीहरूका लागि फाइदाजनक हुन सक्ने जनाइएको छ। यस अवस्थामा उक्त घडीहरूले अधिक महँगो स्मार्टफोनहरूको विकल्प बनेर अभिभावकहरूलाई आफ्नो बालबालिकहरुसँग सम्पर्कमा रहनको लागि मद्दत गर्ने बताइएको छ।

एप्पल वाच एसई २०२२ को स्पेसिफिकेशनहरूः
अर्को पुस्ताको एप्पल वाच एसई बाट के आशा गर्न सकिन्छ भन्ने धारणा बनाउनका  लागि यसका पूर्ववर्तीको केही स्पेसिफिकेशनहरू हेर्न सकिन्छ।

वाच एसई २०२२ ले एलटीई कनेक्टिभिटीलाई समर्थन गर्दछ भने ४४८ × ३६८ पिक्सेलको डिस्प्ले प्रदान गर्दछ जुन १००० निट्सको पिक ब्राइटनेस सम्म पुग्ने र यसको आकार १.७८ इन्च भएको जनाइएको छ।

साथै यो आयन–एक्स बलियो ग्लासबाट सुरक्षित गरिएको उल्लेख छ। यसले ३२ जीबी स्टोरेजका साथै १ जीबी र्याम प्याक गर्दछ भने डुअल–कोर चिपसेटद्वारा संचालित रहेको जनाइएको छ।

यसले वायरलेस चार्जिङलाई समर्थन गर्दछ र एक्सेलेरोमिटर, गाइरो, मुटुको दर (सेकेण्ड जेन), ब्यारोमिटर, अलवेज–अन अल्टिमिटर र कम्पास सहित सेन्सरहरूको गुच्छा प्याक गर्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ३१ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया