Technology Khabar ३० श्रावण २०८१, बुधबार
काठमाडौं ।
गुगलले ‘पिक्सेल ९ प्रो फोल्ड’ नामक आफ्नो दोस्रो पुस्ताको फोल्डेबल फोन सार्वजनिक गरेको छ। कम्पनीले सन् २०२२ मा फोल्डेबल सेग्मेन्टमा प्रवेश गरेको थियो।
गुगलले आफ्नो पछिल्लो अफरिङ्गमा केही परिवर्तन गरेको छ। स्पेसिफिकेशन अनुसार पछिल्लो पुस्ताका पिक्सेल ९ सिरिज (स्ट्याण्डर्ड, प्रो र प्रो एक्सएल) स्ल्याब फोनहरूको तुलनामा यसमा धेरै समानताहरू रहेको जनाइएको छ।
यद्यपि गुगलको पिक्सेल ९ प्रो फोल्ड भने सामसङ ग्यालेक्सी जेड फोल्ड ६, वनप्लस ओपन, भिभो एक्स फोल्ड ३ जस्ता बजारका अन्य फोल्डेबल फोनहरूको विरुद्धमा जाने उल्लेख गरिएको छ।
गुगल पिक्सेल ९ प्रो फोल्ड को स्पेसिफिकेशनहरूः
गुगल पिक्सेल ९ प्रो फोल्डको झलक ठ्याक्कै फोल्डेबल फोनको जस्तो भएको देखिन्छ जुन यसको पूर्ववर्तीको भने आस्पेक्ट रेसियो फराकिलो रहेको थियो।
साथै यसको बाहिरको स्क्रिन लाम्चो रहेको हुनाले स्ल्याब फोन जस्तै देखिने थप उल्लेख गरिएको छ। पिक्सेल ९ सिरिज जस्तै फोल्डेबल फोनमा हातको राम्रो पकड प्रदान गर्नको लागि राउण्ड कर्नर (गोलो कुना) पनि रहेको जनाइएको छ।
यो डिभाइसमा मल्टि–अलोय स्टील सहितको एयरोस्पेस–ग्रेडको मजबुत एल्युमिनियम अलोय कभर रहेको कम्पनीले उल्लेख गरेको छ। डिभाइसको पछाडिको प्यानलमा आयताकार क्यामरा आइल्याण्ड रहेको जनाइएको छ।
त्यसैगरी पावर र भोल्युम रकर किहरू दायाँपट्टि रहेका छन्। साथै पावर किले फिङ्गरप्रिन्ट स्क्यानरको रूपमा पनि काम गर्ने जनाइएको छ। पिक्सेल ९ प्रो फोल्डलाई पट्याउँदा यो पूर्ण रुपमा फ्ल्याट फोल्ड हुने भएकाले यो आफ्नो पूर्ववर्ती भन्दा फरक रहेको जनाइएको छ। यसबाहेक यसलाई टेबलटप मोडमा पनि प्रयोग गर्न सकिने थप उल्लेख गरिएको छ।
पिक्सेल ९ प्रो फोल्डको एक्सटर्नल (बाह्य) डिस्प्ले ६.३–इन्चको रहेको छ। यो चारैतिरबाट बेजल्सहरूले घेरिएको छ र बीचमा पञ्च–होल कटआउट रहेको जनाइएको छ।
एएमओएलईडी स्क्रिनमा एफएचडी+(प्लस) रेजोल्युसन र १२० हर्ज रिफ्रेस रेट रहेको उल्लेख छ। फोल्डेबल फोनमा ठूलो ८ इन्चको इन्टर्नल (आन्तरिक) सुपर एक्युटा फ्लेक्स प्यानल स्क्रिन रहेको छ जसले यसलाई वानप्लस ओपनसँगको बराबरीमा ल्याएको उल्लेख गरिएको छ।
साथै यसमा १२० हर्ज एलटीपीओ रिफ्रेस रेट र २,७०० निट्स पिक ब्राइटनेसको साथ २,१५२ × २,०७६ पिक्सेलको रेजोल्युसन रहेको जनाइएको छ।
गुगल पिक्सेल ९ प्रो फोल्डमा १०.५ मेगापिक्सेल अल्ट्रा–वाइड–एङ्गल लेन्सको साथमा ४८ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ भने ५एक्स जुम र २०एक्स सुपर रेस जुमको साथ १०.८ मेगापिक्सेलको टेलिफोटो युनिट पनि समावेश गरिएको उल्लेख छ।
त्यसैगरी बाहिरी र भित्री दुवै स्क्रिनमा १० मेगापिक्सेलको सेल्फी क्यामरा सेन्सरहरू पनि रहेको जनाइएको छ। पिक्सेल बार फोनहरू जस्तै यो फोल्डेबल फोन पनि विभिन्न क्यामरा फिचर र इन्टेलिजेन्ट इडिटिङको फिचर हरूका साथ आउने उल्लेख गरिएको छ।
आन्तरिक रूपमा, गुगल पिक्सेल ९ प्रो फोल्ड टेन्सर जी४ चिपसेटद्वारा पावर्ड (संचालित) रहेको छ। सुरक्षा उद्देश्यका लागि टाइटन एम२ चिपसेट छ। साथै फोल्डेबल फोनमा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज रहेको उल्लेख छ।
यस डिभाइसमा २१डब्ल्यू (वाट) वायर्ड चार्जिङ र वायरलेस चार्जिङको लागि समर्थन गर्ने ४,६५० एमएएच ब्याट्री युनिट समावेश गरिएको छ। यो एन्ड्रोइड १४ ओएसका साथ ढुवानी गरिने जनाइएको छ र पिक्सेल ९ सिरिज जस्तै ७ वर्षको ओएस अपडेटको लागि योग्य रहेको उल्लेख छ।
यो डिभाइसमा जेमिनी नानो बेक्डको साथमा म्याजिक इरेजर, पिक्सेल स्क्रिनसट, एड मी फङ्गसनालिटि र थप फिचर्स (सुविधाहरू) रहेका छन्। यसबाहेक यसले इमर्जेन्सी एसओएस, क्य्रास/क्र्यास डिटेक्शन, क्राइसिस अलर्ट जस्ता र अन्य थप सेफ्टि फिचर्स (सुरक्षा सुविधाहरू) पनि प्याक गरेको जनाइएको छ।
गुगल पिक्सेल ९ प्रो फोल्ड अब्सिडियन र प्रोसिलन रङ्गमा उपलब्ध छ। दोस्रो पुस्ताको फोल्डेबल फोनको २५६ जीबीको लागि १,७९९ अमेरिकी डलर/१,८९९ यूरो र ५१२ जीबी भेरियन्टको लागि १,९९९ अमेरिकी डलर/२,०२९ यूरोदेखि मूल्य सुरु हने जनाइएको छ।
साथै यस फोल्डेबल फोनको प्रि–अर्डरहरू मंगलबारबाट सुरु हुने जनाइएको छ भने सेप्टेम्बर ४ तारिखदेखि बिक्रीको सुरु गरिने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ३० श्रावण २०८१, बुधबार