नास आईटीले विभिन्न विधामा अवार्ड दिने

Technology Khabar ३० श्रावण २०८१, बुधबार

काठमाडौं ।

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी) ले नास आईटी अवार्ड्स २०२४ को आयोजना गर्ने भएको छ।

नेपालको सूचना प्रविधि क्षेत्रका इन्नोभेसन, स्टार्टअप, प्रडक्ट र परियोजनालाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न नास आईटी अवार्ड्स आयोजना हुन लागेको हो।

नास आईटीका अध्यक्ष रिचन श्रेष्ठले नास आईटी अवार्ड्समार्फत नेपाली स्टार्टअप तथा इन्नोभेसनलाई आफ्नो क्षमता प्रदर्शन गर्न एउटा अन्तर्राष्ट्रिय अवसर प्राप्त हुने बताए ।

अवार्ड ११ विधामा प्रदान गरिने छ। बैंकिङ, बीमा, वित्त, मार्केटप्लेस, शिक्षा, यातायात लजिष्टिक, फिनटेक, आइसिटी सेवा सोलुसन, सेक्युरिटी सोलुसन, प्रोफेसनल सेवा सोलुसन, हेल्थ एण्ड वेल बिङ, सरकार, नागरिक सेवा, डिजिटल सरकार तथा स्नातक तहका वि‌द्यार्थीका परियोजना, स्टार्टअप र इन्नोभेसनहरूले अवार्डमा आवेदन दिन सक्ने छन्।

नास आईटी अवार्ड्स २०२४ मा आगामी भदौ ३ गतेसम्म https://awards.nasit.org.np/  मा गएर अनलाइन आवेदन दिन सकिने छ ।

अवार्ड विजेताहरूलाई डिसेम्बर २०२४ मा ब्रुनाईमा आयोजना हुने प्रतिष्ठित एसिया प्यासिफिक आइसिटी अलायन्स (एपिक्टा) अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुने बताईएको छ।

प्रकाशित: ३० श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया