आजबाट सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा दिँदै नेपाल टेलिकम

  • Technology Khabar | ३० श्रावण २०८१, बुधबार
आजबाट सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा दिँदै नेपाल टेलिकम

काठमाडौं ।

नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्ने भएको छ। कम्पनीले आज अर्थात् साउन ३० गतेदेखि लागू हुनेगरी आफ्ना सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः सुचारु गर्न शुरु गरेको बताएको छ।

टेलिकमले आज एउटा सार्वजनिक सूचना प्रकाशन गरी यस प्रकारको सेवा सुचारु गर्न लागेको भन्दै आफ्नो मोबाइलमा सो सेवा सुचारु भए/नभएको यकिन गर्न *1415*7# डायल गरेर चेक गर्न पनि सबैलाई आग्रह गरेको छ।

यसबाहेक भारतमा रोमिङ उपभोग गर्नका लागि *1415*7# डायल गर्न या NT App प्रयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ।

के हो अन्तर्राष्ट्रिय रोमिङ सेवा?

अन्तर्राष्ट्रिय रोमिङ एउटा मोबाइल सेवा हो जसमार्फत् प्रयोगकर्ताले आफ्नो मोबाइल नेटवर्कको सेवा अन्य देशहरूमा पनि प्रयोग गर्न सक्दछन्। रोमिङ सेवा लिनुभएको छ भने तपाईं आफ्नो देश बाहिर यात्रा गर्दा तपाईंको मोबाइल नेटवर्कले तपाईंलाई अन्य देशको नेटवर्कसँग जोडिदिन्छ, जसको माध्यमबाट तपाईं कल गर्न, म्यासेज पठाउन, र इन्टरनेट चलाउन सक्नुहुन्छ।
यस सेवाका लागि अतिरिक्त शुल्क लाग्न सक्छ। उक्त शुल्क विभिन्न देशहरू र नेटवर्कका आधारमा फरक हुन सक्छ। रोमिङ सेवा सुरु गर्नका लागि तआफ्नो मोबाइल सेवा प्रदायकसँग सम्पर्क गर्नुपर्ने हुन्छ।

 

प्रकाशित: ३० श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार