Technology Khabar ३० श्रावण २०८१, बुधबार
काठमाडौं ।
अल्फाबेट अन्तर्गतको गुगलले हालै नयाँ पिक्सेल स्मार्टफोनहरूको लाइनअप सार्वजनिक गरेको गरेको छ। यी लाइनअपमा जसमा कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिलाई गहन रुपमा समावेश गरिएको बुझिएको छ।
यसरी थपिएका नयाँ सुविधाहरु गुगलले आफ्नो हार्डवेयरमाए आईलाई अझ बढी समाहित गर्ने व्यापक प्रयासको एउटा हिस्साका रुपमा प्रविधि वृत्तको बुझाई छ।
हाल थपिएको यो एआई सुविधाले पिक्सेल फोनमा मात्र उपलब्ध स्क्रीनशटमा भएका विभिन्न विशेष सामग्री र जानकारी फेला पार्न सहज र प्रभावकारी बनाउने बताइएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यसबाहेक एण्ड्रोइड प्रयोगकर्ताहरूले गुगलको एआईद्वारा सञ्चालित च्याटबट जेमीनिलाई कुनै एउटा एप्लिकेशन चलिरहेको बेला नै फ्लोटिङ हिसाबले चलाउन सक्ने भएका छन्। यसका लागि यसअघि चलिरहेको एप बन्द गर्नु पर्दैन। यसमार्फत् कुनै एप चलाइरहेका प्रयोगकर्ताले प्रश्नहरू सोध्न वा सामग्री बनाउन सक्दछन्।
‘आर्टिफिसियल इन्टेलिजेन्स ‘शीघ्र आउने’ भनिएको छ, यो आएपछि यस्तो हुन्छ उस्तो हुन्छ भनेर यति धेरै वाचाहरु गरिएको छ तर वास्तविक जीवनमा त्यति धेरै सहयोगी देखिएको छैन। त्यसैले आज हामी वास्तवमै केही गर्न लागिरहेका छौँ,’ गुगलका डिभाइस र सेवाहरूका वरिष्ठ उपाध्यक्ष रिक ओस्टरलोहले भने।
क्यालिफोर्नियाको माउन्टेन भ्युमा अवस्थित अल्फाबेटको बे भ्यू क्याम्पसमा भएको भव्य कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी अहिले पूर्ण रूपमा जेमिनी युगमा छौँ।’ उक्त कार्यक्रममा इन्जिनियरहरू, कार्यकारीहरू, विश्लेषकहरू र मिडियाका सदस्यहरू उपस्थित थिए।
यसपटक गुगललेले आफ्नो अर्को परम्परालाई पनि तोडेको छ। उसले नयाँ पिक्सेल स्मार्टफोनहरूको भर्सनहरू ग्रीष्म ऋतुमा नै घोषणा गर्यो। रोयटर्सका अनुसार सामान्यतया शरद ऋतुमा गरिने यो घोषणा यसपटक ग्रीष्ममै भएको हो। २०१६ मा यसको सुरुवात भएदेखि गुगलले हरेक पटक नयाँ पिक्सेल डिभाइसहरू शरद ऋतुमा मात्र घोषणा गरेको थियो।
टेकस्पोनेन्सियलका प्रमुख विश्लेषक एभी ग्रिन्गार्टले भने, “म गुगलका धेरै कार्यक्रमहरूमा सहभागी भएको छु, तर यो कार्यक्रम केवल सबैभन्दा विस्तृत मात्र होइन, सबैभन्दा पूर्ण पनि थियो। उनले गुगल एआई प्रयोगको अग्रणी भागमा रहेको स्पष्ट रूपमा देखाएको बताए।
प्रकाशित: ३० श्रावण २०८१, बुधबार