यस्तो छ गुगलले सार्वजनिक गरेको कम्प्याक्ट पिक्सेल ९ प्रो तथा पिक्सेल ९ प्रो एक्सएल

Technology Khabar ३० श्रावण २०८१, बुधबार

यस्तो छ गुगलले सार्वजनिक गरेको कम्प्याक्ट पिक्सेल ९ प्रो तथा पिक्सेल ९ प्रो एक्सएल
तस्बिर सौजन्य: जीएसएमएरिना

काठमाडौं ।

गुगलले आफ्नो मेड इन गुगल कार्यक्रम मंगलबार सम्पन्न गरेको छ। उक्त कार्यक्रममा गुगलले विशेषगरी पिक्सेल ९ सिरिज र त्यसबाहेक अन्य ग्याजेटहरु सार्वजनिक गरेको थियो।

कार्यक्रममा गुगलले आफ्नो चिर प्रतीक्षित पिक्सेल ९ सिरिजको पिक्सेल ९ प्रो ६.३ इन्च स्क्रीन साइजमा सार्वजनिक गरेको छ। यसैगरी पिक्सेल ९ प्रो एक्सएल फ्ल्यागशिप फोनको डिस्प्ले ६.८ इन्चको बनाएको छ।

यी दुवै साइजका डिस्प्लेको ब्राइटनेस निकै उच्च रहेको बुझिएको छ। यी दुवै डिस्पलेमा लगभग ३ हजार निट्ससम्मको ब्राइटनेस रहेको छ। जीएसएमएरिनाका अनुसार सुपर एक्युटा एलटीपीओ डिस्प्लेले १२० हर्जसम्मको रिफ्रेश रेट सपोर्ट गर्छ। यसका साथै यसमा स्क्रीनको सुरक्षाका लागि गोरिल्ला ग्लास भिक्टस २ जडान गरिएको छ।

यसमध्ये ६.३ इन्चको पिक्सेल ९ प्रोको डिस्पलेको रेजोल्युशन १२८०x२८५६ रहेको छ भने ६.८ इन्च पिक्सेल ९ प्रो एक्सएलको डिस्प्लेको रेजोल्युशन १३४४x२९९२ पिक्सेल रहेको छ।

सार्वजनिक भएका दुवै पिक्सेल ९ प्रो र पिक्सेल ९ प्रो एक्सएलमा अप्टिकल फिंगरप्रिन्ट हटाएर नयाँ अल्ट्रासोनिक फिंगरप्रिन्ट स्क्यानरको व्यवस्था गरिएको छ जसको कार्यक्षमता पहिलेको भन्दा ५० प्रतिशत बढी रहेको समाचारमा उल्लेख छ।

अल्ट्रासोनिक स्क्यानरले कम उज्यालोमा पनि राम्ररी फिंगरप्रिन्ट स्क्यान गर्न सक्छ धने यिनीहरु पहिलेका तुलनामा अझ द्रुत र भरपर्दा रहेका जीएसएमएरिनाले उल्लेख गरेको छ।

यस्तो छ स्पेसिफिकेशन

डिभाइस  (विवरण)पिक्सेल ९ प्रोपिक्सेल ९ प्रो एक्सएल
डिस्प्ले६.३ इन्च६.८ इन्च
रेजोल्युशन१२८० x २८५६ पिक्सेल१३४४ x २९९२ पिक्सेल
चिपटेन्सर जी४ ४ एनएमटेन्सर जी४ ४ एनएम
र्याम१६ जीबी१६ जीबी
ब्याक क्यामरा मुख्य५० मेगापिक्सेल वांइड एङ्गल५० मेगापिक्सेल वांइड एङ्गल
ब्याक क्यामरा प्रथम ४८ मेगापिक्सेल १/२.५५ टेलिफोटो ४८ मेगापिक्सेल १/२.५५ टेलिफोटो
ब्याक क्यामरा द्वितीय ४८ मेगापिक्सेल १/२.५५ अल्ट्रावाइड ४८ मेगापिक्सेल १/२.५५ अल्ट्रावाइड
फ्रन्ट क्यामरा ४२ मेगापिक्सेल अल्ट्रावाइड ४२ मेगापिक्सेल अल्ट्रावाइड
ब्याट्रीलिथियम आयन ४७००लिथियम आयन ५०६०
अपरेटिङ सिस्टमएण्ड्रोइड १४एण्ड्रोइड १४
स्टोरेज१२८ जीबी – १ टीबी१२८ जीबी – १ टीबी

 

क्यामरा

यी दुई फोनहरू आकारको भिन्नता बाहेक लगभग उस्तै देखिन्छन्। तिनीहरूको पछाडि एकै प्रकारको बारहरू छन् जसमा ट्रिपल क्यामेरा सेटअप रहेको छ।

पिक्सेल ९ प्रो र ९ प्रो एक्सएल दुवैमा १/१.३ अपर्चरयुक्त ५० मेगापिक्सेलको वाइड एंगल मुख्य क्यामरा र १/२.५५ अपर्चरयुक्त ४८ मेगापिक्सेलमा दुईवटा क्यामराहरू छन्। यीमध्ये एउटा अल्ट्रावाइड र अर्को 5x टेलिफोटो जुमका लागि प्रयोग गर्न मिल्छ।

पछाडिका सबै क्यामराहरूमा मल्टिजोन एलडीएएफ अर्थात् लेजरको सहायतामा चल्ने फोकस) बाट फाइदा लिन सकिन्छ। अगाडि गुगलले नयाँ ४२ मेगापिक्सेलको क्यामेरा अपग्रेड गरेको छ।

चिप

जीएसएमएरिनाका अनुसार नयाँ पिक्सेल शृङ्खलामा ४ एनएम फाउन्ड्रीमा बनेको टेन्सर जी४ चिपसेट प्रयोग गरिएको छ। यसमा एउटा ३.१ गिगाहर्ज कर्टेक्स एक्स ४ प्राइम कोर तीन वटा २.६ गिगाहर्जको ए ७२० र ४ वटा १.९५ गिगाहर्जको कर्टेक्स ए५२० कोर रहेका छन्।

स्टोरेज

यी पिक्सेल ९ प्रो सिरिजका मोडेलहरूमा १६ जीबी र्याम र १२८ जीबीदेखि १ टीबीसम्म स्टोरेज रहेको छ। पिक्सेल ९ प्रो मा ४७०० एमएएचको ब्याट्री छ भने पिक्सेल ९ प्रो एक्सएलमा ५०६० एमएएचको ब्याट्री रहेको छ। दुवै फोनहरूमा ४५ वायर्ड चार्जिङ समर्थन गर्छन्।

जीएसएरिनाका अनुसार पिक्सेल ९ प्रो र प्रो एक्सएल अब्सिडियन, हेजल, रोज क्वार्ज तथा प्रोसिलन गरी चारवटा रंगहरूमा उपलब्ध छ।

प्रो एक्स आगामी अगस्ट २२ बाट बजारमा उपलब्ध हुने र ९ प्रो अलिक पछि अर्थात् सेप्टेम्बर ४ मा संयुक्त राज्यमा र सेप्टेम्बर ९ मा युरोपमा उपलब्ध हुने बताइएको छ। दुवै फोनहरूमा १ वर्षको जेमिनि एडभान्स्ड र २टीबी को क्लाउड स्टोरेज निःशुल्क प्राप्त हुनेछ।

प्रकाशित: ३० श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया