रुसका एडसेन्स एकाउन्ट यसकारण रद्द गर्दैछ गुगल

Technology Khabar ३० श्रावण २०८१, बुधबार

काठमाडौं ।

अल्फाबेट अन्तर्गतको गुगलले रूसमा आधारित एडसेन्स एकाउन्टहरु निष्क्रिय गर्ने भएको छ। कम्पनीले सोमबार आफूले रुसमा रहेका विज्ञापन सेवाका प्रयोगकर्ताहरूलाई भुक्तानी गर्न नसक्ने बताउँदै ती एकाउन्टहरु रद्द गर्न लागेको हो।

एडसेन्सले युट्युब लगायतका प्लेटफर्म तथा यसका कन्टेन्ट क्रियटरहरुलाई गूगलद्वारा व्यवस्थापन गरिएका विज्ञापनहरू राखेर पैसा कमाउन सहयोग गर्छ।

“रूसमा भइरहेका विभिन्न घटनाक्रमहरूका कारण, हामी रूसमा आधारित एडसेन्स खाताहरूलाई, भुक्तानी गर्न सक्षम हुने छैनौं,’ गुगलका प्रवक्ताले भने,”यसको परिणामस्वरूप, हामीले यी खाताहरूलाई अगस्त २०२४ देखि निष्क्रिय गर्दैछौं।’ यी एकाउन्टहरुले जसले रुस बाहिरको ट्राफिक अर्थात् वेबसाइटका भिजिटरमार्फत् पनि मनिटाइज गरिरहेका बताइएको छ।

कम्पनीले यो नयाँ नियमबारे सबै बाँकी एकाउन्टहरुलाई यसअघि नै सूचना पठाएको र उक्त सूचनासहितको पत्र अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले देखेको समाचारमा उल्लेख छ।

‘यदि तपाईंको कुनै सक्रिय भुक्तानी रोकिएको छैन र न्यूनतम भुक्तानी सीमा पूरा हुन्छ भने तपाईंको जुलाईको आम्दानी २१-२६ अगस्तको बीचमा वितरण गरिनेछ,’ सन्देशमा भनिएको छ।

गुगलले के कति कारणले गर्दा यस्तो निर्णयमा पुगेको भन्नेबारे केही खुलाएङ्को छैन तर रूसमा हालैका दिनमा युट्युब भिडियो होस्टिङ प्लेटफर्ममा सुस्तता आइरहेको छ।

रुसी सांसदहरूले यो सुस्ततको कारण गुगलले सन् २०२२ को युक्रेन आक्रमणपछि रुसमा आफ्नो उपकरण अपग्रेड गर्न असफल भएकोलाई मानेका छन्। तर यो भनाईमा कम्पनी र प्राविधिक विशेषज्ञहरू सहमत नभएको जनाइएको छ।

विशेष गरी मस्कोले अवैध ठानेको सामग्री नहटाएका कारण गुगल रूसमा धेरै वर्षदेखि दबाबमा रहँदै आएको छ। रूसले रूसी-भाषाको स्वतन्त्र मिडियालाई दबाउँदै आएका कारण  हालसम्म युट्युब रूसमा स्वतन्त्र अभिव्यक्तिको लागि अनलाइन एकमात्र विकल्पको रूपमा रहँदै आएको छ ।

प्रकाशित: ३० श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया