गुगल पिक्सेल ९ सिरिज आज सार्वजनिक हुँदै, यूट्युबमा प्रत्यक्ष प्रसारण गरिने

Technology Khabar २९ श्रावण २०८१, मंगलवार

काठमाडौं ।

गुगलले आज (अगस्ट १३) मा नयाँ हार्डवेयर अनावरण गर्नको लागि आफ्नो वार्षिक “मेड बाइ गुगल” सार्वजनिक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ र जसमा कम्पनीको गुगल पिक्सेल ९ सिरिज स्मार्टफोनहरू पनि समावेश हुने जनाइएको छ।

पिक्सेल ९ सिरिज लन्च कार्यक्रम कहिले हुन्छ?
पिक्सेल ९ सिरिज लन्च कार्यक्रम प्यासिफिक टाइम अनुसार बिहान १०ः०० बजे (इस्टर्न स्ट्यान्डर्ड टाइम अनुसार दिउँसो १ः०० बजे/सेन्ट्रल युरोपियन समर टाइम अनुसार साँझ ७ः०० बजे/इण्डियन स्ट्यान्डर्ड टाइम अनुसार रातको १०ः३० बजे/ब्रिटिस समर टाइम अनुसार बेलुका ६ः०० बजे) हुने जनाइएको छ भने कार्यक्रमलाई युट्युबमा लाइभ स्ट्रिम (प्रत्यक्ष प्रसारण) गरिने थप उल्लेख छ। यो कार्यक्रमा नेपालमा भने स्थानय समय अनुसार राति पौने ११ बजे शुरु हुने अन्तर्राष्ट्रिय समाचार संस्था गीज्मोचाइनाले जनाएको छ।

गुगल पिक्सेल ९ सिरिज लन्च इभेन्टबाट के आशा गर्न सकिन्छ?
अहिलेसम्मका लागि गुगलले पिक्सेल ९ सिरिज स्मार्टफोनहरूमा पिक्सेल ९, पिक्सेल ९ प्रो, पिक्सेल ९ प्रो एक्सएल र पिक्सेल ९ प्रो फोल्ड लन्च गर्ने योजना बनाएको उल्लेख छ। साथै पिक्सेल वाच ३ र पिक्सेल बड्स प्रो २ पनि थप रूपमा लन्च हुने आशा गर्न सकिने जनाइएको छ।

नयाँ पिक्सेल स्मार्टफोनहरू टेन्सर जी४ एसओसीद्वारा सञ्चालित हुनेछन्, जसमा सिंगल–कोर पर्फमेन्समा लगभग ११ प्रतिशत र मल्टि–कोर पर्फमेन्समा ३ प्रतिशत सुधार गरिएको जनाइएको छ।

त्यसैगरी चिपले नयाँ एक्जिनोस मोडेम ५४०० लाई पनि फिचर गर्ने जनाइएको छ जसले स्याटेलाइट कनेक्टिभिटी समर्थन र दक्षतामा सुधार गर्नुका साथै पिक्सेल ८ मा पाइने एक्जिनोस मोडेम ५३०० को तुलनामा ५० प्रतिशतसम्मको कम ब्याट्री खपत गर्ने थप उल्लेख गरिएको छ।

पिक्सेल ९ लाइनअपले यस वर्ष भेनिला र प्रो मोडेलहरू बाहेक दुई नयाँ मोडलहरु पनि ल्याउनेछ। उक्त दुई नयाँ मोडलहरूमा पहिलो पिक्सेल ९ प्रो एक्सएल हुनेछ जुन ठूलो ६.८–इन्च ओएलईडी डिस्प्लेको साथ आउनेछ भने अर्को पिक्सेल ९ प्रो हो जुन गत वर्षको पिक्सेल फोल्डको उत्तराधिकारी रुपमा तर ठूलो र पातलो डिजाइनको साथ आउने गीज्मोचाइनाले उल्लेख गरेको छ।

यो लन्च कार्यक्रम यहाँ हेर्न सक्नुहुन्छ।

प्रकाशित: २९ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया