‘हेलो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

  • Technology Khabar | २९ श्रावण २०८१, मंगलवार
‘हेलो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेलो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार निजामती कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका कामकारबाहीबारे आमजनताले सहज रूपमा गुनासो र उजुरी दिन व्यवस्था गरिएको उक्त संयन्त्रलाई प्रभावकारी बनाउन जोड दिए।

प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाएका छन्।

‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’ बमोजिम उक्त संयन्त्र सञ्चालित छ। रासस

प्रकाशित: २९ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार