राष्ट्र बैंकका कर्मचारीलाई मासिक साढे ७ हजार रुपैयाँसम्म ‘इन्टरनेट खर्च’ दिने गरेको खुलासा

Technology Khabar २८ श्रावण २०८१, सोमबार

राष्ट्र बैंकका कर्मचारीलाई मासिक साढे ७ हजार रुपैयाँसम्म ‘इन्टरनेट खर्च’ दिने गरेको खुलासा
फाइल

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले गभर्नरलगायतका कर्मचारीलाई पद अनुसार मासिक ३ हजार १७० देखि ७ हजार ४५० रुपैयाँसम्म इन्टरनेट सुविधा दिने गरेको खुलेको छ।

केन्द्रीय बैंकले गभर्नर र डेपुटी गभर्नरलाई महिनाको ७ हजार ४५० रुपैयाँ इन्टरनेट सुविधा शीर्षकमा उपलब्ध गराउने गरेको पाइएको छ।
यसैगरी कार्यकारी निर्देशक, निर्देशक, उप निर्देशक सहायक निर्देशक तथा सहायक प्रथमदेखि पञ्चम तहका अधिकारीहरुलाई जनही ३ हजार १७० रुपैयाँ उपलब्ध गराउँदै आएको राष्ट्र बैंकको एउटा पत्रबाट खुलेको छ।

@DnesKaji ह्याण्डलबाट सामाजिक सञ्जाल एक्समा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मेन्सन गरेर उक्त पत्रको फोटोसहितको एउटा पोस्ट राख्दै दिनेश एसीले ठट्यौली पारामा ‘अहिलेको जमानामा ३ सयको डाटा प्याक किन्यो भने महिनाभर अनलिमिटेड इन्टरनेट चलाउन पाइने भएपनि नेपाल राष्ट्र बैंकले कर्मचारीलाई महिनाकै ७ हजार ५ सयसम्म इन्टरनेट भत्ता दिनुको तर्क नबुझिएको साथै यसमा महालेखा परीक्षकको कार्यालयले केही नबोलेको’ आशय व्यक्त गरेका छन्।

उक्त पोस्टमा @AdhikariMaha  अर्थात् गभर्नर अधिकारी तथा @NepalRastraBankअर्थात् नेपाल राष्ट्र बैंकलाई मेन्सन गरिएको छ।

प्रकाशित: २८ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया