Technology Khabar २७ श्रावण २०८१, आईतवार
काठमाडौं ।
स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङहरूका लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको चीनको एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कर्पोरेशन (सीएएसआईसी) ले जनाएको छ।
आपतकालीन समयमा खुला राजमार्गमा उद्धारको तुलनामा सुरुङमा हुने उद्धारले धेरै कठिनाइहरूको सामना गर्छ। यसमा खुला स्थानको जटिलता, स्याटेलाइट सङ्केत पाउने सुविधाको अभाव, घटनास्थलमा प्रतिबन्धित पहुँच र प्रभावकारी आवागमनका साधनको अभाव हुन्छ।
शोधकर्ताहरूले प्रणालीको विकासमा प्रमुख प्राविधिक चुनौतिहरू पार गरेको बताएका छन् । यस अन्तरगत सुरुङमा स्वतन्त्ररूपमा आवागमन, राडारबाट अवरोध पत्ता लगाउने र बच्ने, स्वतन्त्र मार्ग योजना, सुरुङ सञ्चार प्रसारण र अत्यधिक गहिराई वा उचाईमा अग्नि नियन्त्रण सुविधा रहेका छन्।
यस प्रणालीले सुरुङमा स्वतन्त्ररूपमा आवागमन गर्ने, अवरोध जोगाउने र आगो निभाउने ग्रेनेडहरू प्रयोग गर्ने सम्बन्धमा सफल परीक्षण गरिसकेको र यो प्रविधि एक्सप्रेस मार्गहरूमा आगलागि नियन्त्रणसहित आपतकालीन उद्धार कार्यका लागि उपयोगी रहेको दावी गरिएको छ। रासस/सिन्ह्वा
प्रकाशित: २७ श्रावण २०८१, आईतवार