सोनीले पहिलो त्रैमासिकमा प्लेस्टेशन ५ को २४ लाख इकाइहरू बेच्यो

  • Technology Khabar | २७ श्रावण २०८१, आईतवार
सोनीले पहिलो त्रैमासिकमा प्लेस्टेशन ५ को २४ लाख इकाइहरू बेच्यो

काठमाडौं ।

जापानको उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी सोनीले चालु आर्थिक वर्षको राजस्व र नाफा प्रक्षेपणमा वृद्धि गरेको छ। कम्पनीको संगीत र सफ्टवेयर डिभिजनले पहिलो त्रैमासिकमा राम्रो प्रदर्शन गरेको छ।

जुनमा समाप्त भएको त्रैमासिकमा सोनीको सञ्चालन नाफा बढेर २७९.१ बिलियन जापानी येन (लगभग १.९ बिलियन डलर) पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो करिब २५३ अर्ब येन थियो।

कम्पनीले यस आर्थिक वर्षमा आफ्नो बिक्री १२.६ अर्ब र सञ्चालन नाफा १.३ अर्ब येन हुन सक्ने बताएको छ। सोनीको प्लेस्टेशन डिभिजनले पहिलो-पार्टी र अनलाइन मल्टिप्लेयर गेमहरू जस्तै हेलडाइभर्स २ (Helldivers 2) मार्फत बिक्री बढाउन सजिलो पाएको छ। तर, कम्पनीले राम्रो विनिमय दरबाट सबैभन्दा बढी फाइदा उठाएको छ।

यसले पहिलो त्रैमासिकमा प्लेस्टेशन ५ कन्सोलका २४ लाख युनिट बिक्री गरेको छ। तर, यो ३० लाख युनिट बिक्री हुने विश्लेषकहरूको प्रक्षेपणभन्दा निकै कम हो। कम्पनीको संगीत व्यवसायको पहिलो त्रैमासिक नाफामा सबैभन्दा बढी हिस्सा रहेको छ।

मोर्निङस्टार इन्भेष्टमेन्टका निर्देशक काजुनोरी इटोले भने, “प्लेस्टेशनको व्यापार डाटाले देखाएको जस्तो राम्रो छैन। कमजोर येनका कारण यस व्यवसायको राजस्व र नाफा बढेको छ। सोनीले यस आर्थिक वर्षमा यसको हार्डवेयर बिक्री सुस्त हुने बताएको थियो, तर मन्दीको गति हामीले अनुमान गरेको भन्दा धेरै छ।”

हालै सोनीले नयाँ स्मार्टफोन सोनी एक्सपेरिया १ भीआई (Sony Xperia 1 VI) लन्च गरेको छ। अघिल्लो एक्सपेरिया स्मार्टफोनको तुलनामा, यसमा नयाँ प्रोसेसर छ। यसको डिजाइन र क्यामरामा पनि परिवर्तन गरिएको छ।

प्रकाशित: २७ श्रावण २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २७ श्रावण २०८१, आईतवार