जापानी साइबर सुरक्षा कम्पनी ट्रेन्ड माइक्रो ‘बिक्री’ हुने सम्भावना बढ्दो

Technology Khabar २६ श्रावण २०८१, शनिबार

जापानी साइबर सुरक्षा कम्पनी ट्रेन्ड माइक्रो ‘बिक्री’ हुने सम्भावना बढ्दो
तस्बिर सौजन्य: रोयटर्स

काठमाडौं ।

बजार मूल्य लगभग ९५० अर्ब येन अर्थात् साढे ६ अर्ब डलर भएको जापानी साइबर सुरक्षा संस्था ट्रेण्ड माइक्रोले कम्पनी बिक्री गर्न खोजिरहेको छ। कम्पनीले हालै यो संस्था किन्ने चासो पनि बजारमा देखिएका कारण अब बिक्रीको सम्भाव्यता खोजिरहेको बिहीबार यस मामिलासँग सम्बद्ध व्यक्तिहरूले बताएका हुन्।

यो बिक्रीबारे विचार-विमर्श भइरहेको कारण पछिल्ला केही हप्तामा येनको मूल्यमा गिरावट आउनु र ट्रेन्ड माइक्रोको प्रदर्शन जापानी प्रतिस्पर्धीहरूभन्दा फितलो रहेकाले यसलाई अधिग्रहणकर्ताहरुको लक्ष्यका रुपमा लिइनु हो।

समाचार संस्था ।रोयटर्सका अनुसार ट्रेन्ड माइक्रोले सम्भावित खरीदकर्ताहरूबाट चासो प्राप्त गर्न लगानी बैंकहरूसँग काम गरिरहेको छ, जसमा निजी इक्विटी फर्महरू समावेश छन् । यसो भएता पनि हालसम्म कुनै कम्पनीसँग सम्झौता निश्चित भइनसकेको ती सम्बद्ध व्यक्तिहरुले जानकारी दिए।

यससँग सम्बन्धित चर्चा परिचर्चा गोप्य भएका कारण ती व्यक्तिहरूले नाम नखुलाउने शर्तमा यस प्रकारको जानकारी दिएका हुन्। बिहीबार यसबारे समाचार सार्वजनिक भएपछि ट्रेन्ड माइक्रोको अमेरिकन डिपोजिटरी रिसिट्सको मूल्य झन्डै १०% ले बढेको छ।

कम्पनीका प्रवक्ताले बिक्री प्रक्रियामा के भइरहेको छ भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरे। उनले भने, ‘सार्वजनिक रूपमा लगानी गरिएको बजारमा अग्रणी रहेको साइबर सुरक्षा कम्पनीको रूपमा हामी हाम्रो उद्योग अग्रणी एआई प्लेटफर्ममार्फत व्यवसाय रूपान्तरण र ग्राहक विस्तारमा केन्द्रित छौं।’

१९८८ मा प्रविधि उद्योगका कार्यकारीहरू स्टिभ च्याङ, जेनी च्याङ, र इभा चेनद्वारा एन्टि-भाइरस सफ्टवेयर निर्माताका रूपमा स्थापना गरिएको ट्रेन्ड माइक्रोले आफ्नो सेवा क्लाउड कम्प्युटिङ, नेटवर्क, र अन्त्य बिन्दु सुरक्षा सम्म विस्तार गरेको छ।

ठूला अमेरिकी प्रतिस्पर्धीहरू जस्तै क्राउडस्ट्राइक, माइक्रोसफ्ट र पालो अल्टो नेटवर्क्ससँग प्रतिस्पर्धा गर्दै गरेको कम्पनी ट्रेन्ड माइक्रोको सेयरले वर्षको सुरुदेखि १०% भन्दा बढी मूल्य गुमाएको छ।

टोकियोमा मुख्यालय रहेको यो कम्पनीले पछिल्लो महिना क्राउडस्ट्राइक सफ्टवेयर अपडेटले ८५ लाखभन्दा बढी कम्प्युटरहरूमा समस्या उत्पन्न गरेका कारण क्राउडस्ट्राइकको बजार हिस्सा तान्न खोजिरहेको छ।

बिहीबार ट्रेन्ड माइक्रोले दोस्रो त्रैमासिकमा १३% वार्षिक बिक्रीमा गरी ६ करोड ८६ लाख येन पुर्याएको छ भने अझ दोस्रो त्रैमासको खुद नाफा ४२% बढाएर १ करोड २३ लाख येनमा पुर्याएको प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रकाशित: २६ श्रावण २०८१, शनिबार

तपाइको प्रतिक्रिया