Technology Khabar २६ श्रावण २०८१, शनिबार
काठमाडौं ।
पिक्सेल ९ सिरिजको लागि भनिएको गुगलको आगामी वेदर एपको प्रि–रिलिज संस्करण अनलाइमा देखा परेको छ। पिक्सेल ९ सार्वजनिक हुन अझै एक हप्ता बाँकी रहेको अवस्थामा नयाँ सुविधाहरू प्रयोग गर्न उत्सुक प्रयोगकर्ताहरूले अब आफ्नो एन्ड्रोइड १४ डिभाइसहरूमा एपलाई साइडलोड गर्न सक्नेछन्।
गुगलले हाल क्लक एप भित्र मौसम जानकारी बन्डल गर्ने गरेको भए तापनि कम्पनीले पिक्सेल ९ सिरिजमा भने एक समर्पित वेदर एप लन्च गर्ने भएको छ। यसको मतलब अब पिक्सेल ९ फोनहरू यो नयाँ एपसँग प्रि–लोड हुने पहिलो फोन हुनेछन् भनि थप उल्लेख गरिएको छ।
यद्यपि लन्चको लागि अर्को एक हप्तासम्म पर्खन नचाहनेहरुको लागि भने, एपीके अब एपीकेमिररमा डाउनलोडको लागि उपलब्ध रहेको जनाइएको छ। साथै यसको सौजन्य एन्ड्रोइड अथोरिटि को कमिला वोज्सीचोस्का भएको थप उल्लेख गरिएको छ।
एपमा सुन्दर र न्यूनतम डिजाइन रहेको उल्लेख छ। यसले घण्टैपिच्छे पूर्वानुमान) सँगै टप (शीर्ष) मा हालको मौसम अवस्थाहरू देखाउने जनाइएको छ। यसैको तल एउटा ठूलो टाइल रहेको र जसले १०–दिनको पूर्वानुमान देखाउने उल्लेख गरिएको छ।
साथै यो यस एपीकेमा एक मात्र अन्तरक्रियात्मक टाइल भएको र जसलाई आगामी दिनहरूको लागि विस्तृत मौसम जानकारी हेर्न क्लिक गर्न सकिनेछ थप उल्लेख गरिएको छ।
त्यसैगरी यसको तलपट्टि हावाको गति, सूर्योदय र सूर्यास्त समय, यूभी इण्डेक्स र थप अन्य विवरणहरू देखाउने छुट्टै सर्कुलर (गोलाकार) र स्क्वायर (वर्गाकार) टाइलहरू फेला पार्न सकिने जनाइएको छ।
अब यस एपलाई साइडलोड गर्न सकिने उल्लेख गरिएको छ र यसलाई ग्यालेक्सी एस२२ अल्ट्रामा परीक्षण गर्दा यसले राम्रोसँग काम गरेको गीज्मोचाइनाले उल्लेख गरेको छ। यद्यपि एपले हरेक डिभाइसमा राम्रोसँग काम नगर्न सक्छ भनि थप उल्लेख गरिएको छ। साथै, यसलाई साइडलोड गरिरहेका डिभाइस एन्ड्रोइड १४ वा माथि चल्छ भनेर सुनिश्चित गर्नु पर्नेछ भनि थप उल्लेख गरिको छ।
यो प्रि–रिलिज संस्करणमा छुटेको फिचर्स (सुविधाहरू) पनि हुन सक्ने र जुन अन्तिम रिलीजमा देखिने सम्भावना रहेको जनाइएको छ। ९टु५गुगल को रिपोर्ट अनुसार एपले अन्ततः वेदर नोटिफिकेसन्स (मौसम सूचनाहरू) प्रदान गर्ने थप उल्लेख गरिएको छ।
यसबाहेक एक्स (पहिले ट्विटर) मा डायलन रोसेलले वेदर म्याप्स (मौसम नक्सा) र एआई–जेनेरेटेड वेदर समरिज (एआई–उत्पन्न मौसम सारांश) जस्ता सुविधाहरू थप रूपमा समावेश गरिने उल्लेख गरेका छन्।
प्रकाशित: २६ श्रावण २०८१, शनिबार