गुगलको लागि अमेरिकी नियामकहरू भन्दा ठूलो खतरा ‘ओपनएआई’

Technology Khabar २५ श्रावण २०८१, शुक्रबार

काठमाडौं ।

गुगलले  साम अल्टम्यानको आर्टिफिसियल इन्टेलिजेन्स संस्था ओपनएआई बाट ठूलो खतरा सामना गरिरहेको छ। हाल वाशिंगटनका एन्टीट्रस्ट नियामकहरू इन्टरनेट सर्चको व्यवसायमा देखिएका उतार चढावलाई साम्य बनाउन लागिपरिरहेका र उनीहरुको निर्णयको आधारमा गुगलको सर्च व्यवसायको प्रभुत्व रहिरहन्छ वा अन्य प्रदायकहरुसँग सेयर गर्नुपर्ने हुन्छ भन्ने थाहा हुन्छ।

गुगल नियामकहरुको निर्णयको पर्खाईमा रहेका बेला उसको बलियो खतरा नियामकबाट आउने निर्णय नभई बरु साम अल्टम्यानको संस्था च्याटजीपीटी रहेको बताइएको हो।

गुगलले सर्च व्यवसायमा अनधिकृत एकाधिकार गरिरहेको भन्दै सोमबार आएको एउटा अमेरिकी फैसलालाई नियामकहरूको लागि ठूलो जितका रुपमा लिइएको छ। तर ओपनएआईको लोकप्रिय च्याटजीपीटी च्याटबट सहितका एआई उपकरणहरू प्रयोग गर्ने मानिसहरूको संख्या बढ्दै जाँदा गुगलको प्रभुत्व, स्रोत, लगानीकर्ताहरु पहिले नै कम हुँदै गएका विश्लेषकहरूको बुझाई छ।

‘मेरो विचारमा हाल गुगलका लागि एआई नियामकभन्दा पनि ठूलो टाउको दुखाई हो। एआईले सर्चको काम कसरी हुन्छ भन्ने आधारभूत तरिकामा नै परिवर्तन ल्याएको छ,’ गुगलको सर्चलगायतका फिचरमा दशकौं काम गरेका पूर्व इन्जिनियर अरविन्द जैनले बताए ।

संस्थागत सर्च कम्पनी ग्लीन सञ्चालन गरिरहेका जैनले एआईके प्रभाव नियामकको भन्दा तुलनात्मक रुपमा छिटो कार्यान्वयन हुने विचार व्यक्त गरे। नियामकको निर्णयमाथि पुनरावेदन गर्न सकिने भएकाले कार्यान्वयन हुन समय लाग्छ तर एआईले भने फैसला हुनासाथै असर देखाउन थाल्छ।

लामो समययता सर्चको पर्याय नै गुगल थियो। यसले विश्वको ९० प्रतिशत बजार हिस्सा ओगट्दै यही व्यापारबाट मात्र बर्सेनि पौने २ खर्ब आम्दानी गर्ने गर्दथ्यो। आफैले सबै प्रकारका सफ्टवेयर र हार्डवेयर बनाएर आफ्ना डिभाइसहरुमा प्रयोग गर्ने एप्पलले समेत गुगललाई राम्रै रकम तिरेर आफ्नो डिफल्ट सर्च इन्जिन बनाएको छ।

तर गुगलविरुद्ध आएको यो फैसलाले एप्पललाई एआई संलग्न सर्च सेवातिर ढल्कन प्रेरित गरिरहेको समाचारमा उल्लेख गरिएको छ।

प्रकाशित: २५ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया