अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका दुई अन्तरिक्ष यात्रीलाई पृथ्वीमा ल्याउन हुँदैछ यस्तो प्रयास

Technology Khabar २५ श्रावण २०८१, शुक्रबार

अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका दुई अन्तरिक्ष यात्रीलाई पृथ्वीमा ल्याउन हुँदैछ यस्तो प्रयास
तस्बिर सौजन्य: नासा

काठमाडौं ।

विगत २ महिनादेखि अमेरिकी अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मर अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसमा अलपत्र परिरहेका छन्। ८ दिनका लागि भनेर त्यहाँ पुगेका उनीहरु पृथ्वीमा फर्कन पाएका छैनन्।

उनीलाई अन्तरिक्षबाट पृथ्वीमा फिर्ता ल्याउन नासाले धेरै नयाँ विकल्पहरू विचार गरिरहेको बताइएको छ ।

विश्वको सबैभन्दा ठूलो अन्तरिक्ष एजेन्सीहरू मध्ये एक नासाले हाल आफ्नो अन्तरिक्ष यान बोइङ स्टारलाइनरसँग सम्बन्धित धेरै चुनौतीपूर्ण अवस्थाको सामना गरिरहेको छ।

समाचार संस्था एबीपीन्युजका अनुसार यो अन्तरिक्ष यानले जुन ६ मा दुई अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुर्याएको थियो। यो अन्तरिक्ष यान करिब एक हप्तामा पृथ्वीमा फर्किने भनिएको थियो तर प्राविधिक समस्याका कारण बोइङ स्टारलाइनर फर्किन सकेन।

यसै कारण अमेरिकी वैज्ञानिकहरु सुनिता विलियम्स र बुच विल्मोर विगत दुई महिनादेखि आइएसएसमा फसेका छन्। हाल नासाले इलन मस्कको स्पेसएक्ससँग बोइङ स्टारलाइनरमा आएको समस्या समाधान गर्न वार्ता गरिरहेको बुझिएको छ । यसो हुन सकेको खण्डमा अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्रीलाई अर्को वर्ष अर्थात् २०२५ सम्ममा त्यही अन्तरिक्ष यानबाट फिर्ता ल्याउन सकिने आकलन गरिएको छ।

नासाको पहिलो योजना यस्तो थियो

नयाँ स्टारलाइनर क्याप्सुल अर्थात् स्टारलाइनर क्रु फ्लाइट टेस्ट (सीएफटी) प्रयोग गरी दुई अन्तरिक्ष यात्री फिर्ता ल्याउने बोइङको पहिलो प्रयास थियो, तर आईएसएसमा पुग्नेबित्तिकै अन्तरिक्ष यानको थ्रस्टरमा समस्या आयो भने हिलियम ग्यास पनि चुहावट भयो । यसप्रकारका धेरै प्राविधिक समस्याहरूआएका कारण नासाले नयाँ योजनाबारे सोच्नुपर्ने अवस्था आएको हो ।

नयाँ योजना के हो?

यस सम्बन्धमा आएको पछिल्लो रिपोर्ट अनुसार नासाले विलियम्स र विल्मोरको सुरक्षित फिर्ता सुनिश्चित गर्न सबै सम्भावित विकल्पहरू विचार गरिरहेको बुधबार घोषणा गरेको छ। बिहीबार मिडियासँगको अन्तर्वार्तामा नासाको कमर्शियल क्रू कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले प्राथमिक योजना स्टारलाइनरबाट अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याउने भएको र वैकल्पिक रणनीति पनि तयार भइरहेको जानकारी दिए।

के इलन मस्कको स्पेसएक्सले मद्दत गर्ला?

हाल देखिएको एउटा प्रमुख विकल्प आगामी सेप्टेम्बरमा हुने स्पेसएक्सको क्रू ९ मिशन प्रयोग गर्नु हो । यसलाई आगामाी सेप्टेमबर २५ मा प्रक्षेपण हुने तय गरिएको छ। यो मिसन अगस्टको मध्यमा लन्च गर्ने भनिएकोमा आईएसएसमा आएको प्राविधिक गडबडीका कारण ढिलाइ भएको हो।

अब यो मिशन सेप्टेम्बर २५ मा प्रक्षेपण गरिनेछ, जसमा ४ क्रू मेम्बरहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन लगिनेछ। यो योजनाको तयारी सुनिश्चित गर्न नासाले स्पेसएक्ससँग समन्वय गरेको प्रबन्धक स्टिचले बताए।

कहिले फर्केलान् पृथ्वीमा?

नासाको यो नयाँ रणनीतिमा स्पेसएक्सको क्रू ९ ड्रागन स्पेसक्राफ्ट प्लेन क्रुले ४ को सट्टा २ क्रू मेम्बरलाई मातेर आईएसएसमा लैजानेछ । यसो गर्नुको मुख्य कारण अर्को वर्षको फेब्रुअरी अर्थात् पृथ्वीमा फर्कँदा उसले त्यहाँ फसेका विलियम्म र विल्मरलाई पनि सँगै ल्याउन सक्नेछ।

यो रणनीति अनुरुप काम भएमा ८ दिनका लागि भनेर अन्तरिक्षमा पुगेका विलियम्स र विल्मर अझै ६ महिनासम्म अन्तरिक्षमै बसिरहुन पर्ने एबीपीन्युजले उल्लेख गरेको छ । तर यो रणनीति विचाराधी रहेको र अन्तिम निर्णय गर्न भने बाँकी रहेको स्टिचले बताए।

प्रकाशित: २५ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया