Technology Khabar २५ श्रावण २०८१, शुक्रबार
काठमाडौं ।
आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर अडियो फाइलहरुलाई ट्रान्स्क्राइब गर्ने चर्चित एप म्याकव्हिस्परले अब ट्रान्स्क्रिप्ट अर्थात् लेखेका फाइलहरुलाई पनि विभिन्न भाषामा अनुवाद गरिदिने भएको छ।
म्याकव्हिस्पर एपमा हालै नयाँ अपडेट गरिएको र उक्त अपडेटपछि लेखिएका ट्रान्स्क्रिप्टहरु पनि अनुवाद गर्ने भएको हो। कम्पनीले अटो ट्रान्सलेटलगायत थुप्रै नयाँ फिचरहरु पछिल्लो समय थपेको हो। अप प्रयोगकर्ताले डीपएल एपीआई प्रयोग गरेर एकै क्लिकमा अडियो ट्रान्स्क्राइब गर्न तथा कुनै पनि डकुमेन्टलाई अन्य भाषामा अनुवाद गर्न सक्ने ९टू५ म्याकले उल्लेख गरेको छ।
अब भने प्रयोगकर्ताले पुरै लेखिएको सामग्री अर्थात् ट्रान्सक्रिप्टलाई स्वत:स्फूर्त रुपमा अनुवाद गर्न सक्छ। यसका डेभलपर जोर्डी ब्रुइनका अनुसार यसले पहिलेको तुनलामा केही क्लिकहरु बचाउँछ अर्थात् केही छिटै काम हुन्छ जुन आफ्ना कामका लागि यही टूलमा भर पर्ने व्यक्तिहरुका लागि निकै लाभदायक हुनेछ।
यसै हप्ताको शुरुमा म्याकव्हिस्परले नयाँ अपडेट गरेपछि १६ हजार आउटपुट टोकन समर्थन गर्ने जीपीटी४ओ मोडल पनि यसले प्राप्त गरेको छ जसलाई दीर्घकालसम्म प्रयोग गर्न सकिनेछ।
यसबाहेक नयाँ अपडेटमा मार्कडाउन फाइल एक्स्पोर्ट, बीबीइडिट१४ सपोर्ट तथा डिक्टेशन फिचर पनि थपिएको छ। म्याकव्हिस्परले ओपनएआईको व्हिस्पर प्रविधि प्रयोग गर्दछ भने अडियो ट्रान्स्क्राइबको सबै काम भने कम्पनीले स्थानीय म्याककै कार्यालयमा गर्ने बताइएको छ।
यस हिसाबले ट्रान्स्क्राइब गरिएको अडियो कुनै अनलाइन सर्भरमा पठाउने झञ्झट रहँदैन जसले प्रयोगकर्ताको गोपनीयता हनन् हुन पाउँदैन। म्याकव्हिस्परले एमपी३, डब्लूएभी, एम४ए तथा एमपी४ भिडियोहरु सपोर्ट गर्छ ।
प्रकाशित: २५ श्रावण २०८१, शुक्रबार