फोर्टनाइटले अब इन-गेम-शपमै ‘ब्याटल पास’ उपलब्ध गराउने

  • Technology Khabar | २५ श्रावण २०८१, शुक्रबार
फोर्टनाइटले अब इन-गेम-शपमै ‘ब्याटल पास’ उपलब्ध गराउने
फाइल तस्बिर

काठमाडौं ।

फोर्टनाइट गेममा ‘ब्याटल पास’ को सुविधाको नियममा परिवर्तन आउने भएको छ। यसअघि धेरै समयसम्म गेममा यो फिचरलाई सीमित समयका लागि दिइने गरेको र भविष्यमा इन-गेम-शप मा कहिले पनि नदेखिने प्रकारमा राखिएको थियो।

अब भने फोर्टनाइट डेभलपर एपिक गेम्सले उक्त ‘ब्याटल पास’ रिवार्डलाई इन-गेम-शपमै उपलब्ध गराउने भएको हो। कम्पनीका अनुसार यो नयाँ नीतिले ब्याटल पासको मूल्य घटबढ नहुने तर एकपटक एक्सपायर भएको ब्याटल पास १८ महिना बितेपछि मात्र फेरि किन्न पाइने छ।

‘यो परिवर्तनले हामीलाई गेमका खेलाडीलाई चर्चित लाइसेन्सयुक्त चरित्रका पोशाकलगायतका सामग्रीमार्फत मनोरञ्जन प्रदान गर्दै नयाँ ब्याटल पास रिवार्डमा निरन्तर लगानी गरिरहन सहयोग गर्दछ,’ एपिक गेम्सले बुधबार प्रकाशन भएको आफ्नो ब्लग पोस्टमा लेखेको छ।

यो नीति फोर्टनाइट ब्याटल पासमा देखिने सबै प्रकारका सामग्रीमा लागू हुने कम्पनीले जनाएको छ। उक्त शपमा पुरानै शैलीको तथा अल्ट स्टाइल अर्थात् वैकल्पिक प्रकारको ब्याटल पास पनि उपलब्ध हुनेछ। यसबाहेक १८ महिनाको नियम पनि गेमको बोनस रिवार्ड तथा क्वेस्ट रिवार्ड ट्याबमा रहेका हरेक आइटममा लागू हुने बताइएको छ।

एपिक गेम्सले ब्याटल पास कस्मेटिक भने शपमा पछि उपलब्ध हुन्छ वा हुँदैन भन्ने पक्का गरेको छैन । त्यसैले आफूलाई मन परेको आइटम प्राप्त गर्ने सबैभन्दा भरपर्दो तरिका ‘अनलक’ गर्नेगरी खेल्नु नै रहेको कम्पनीको भनाई छ। तर कुनै आइटम ब्याटल पासमार्फत् उपलब्ध हुने भएमा स्टुडियोले खेलाडीहरुलाई जानकारी गराउने समाचार संस्था इन्ग्याजेटले उल्लेख गरेको छ।

‘ब्याटल पास’हरु कुनै पनि गेम डेभलपरका लागि ‘सेवाका रुपमा गेम’ भन्ने थिमका लागि आम्दानी गर्ने सबैभन्दा सुगम तरिका हो। सबैभन्दा पछिल्लो समय फोर्टनाइटमा म्याड म्याक्स तथा फलआउट फ्रेञ्चाइजहरुसँग सम्बन्धिम ‘पोस्ट एपोक्यालिप्टिक थिम’ उपलब्ध थियो ।

प्रकाशित: २५ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार