Technology Khabar २२ श्रावण २०८१, मंगलवार
काठमाडौं ।
इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) ले आफ्नो “चाइना वायरलेस हेडसेट मार्केट मन्थ्ली ट्र्याकिङ रिपोर्ट” जारी गरेको छ । यस अनुसार यस वर्षको पहिलो ६ महिनामा वायरलेस इयरफोनको ढुवानी ५५.४ मिलियन युनिट पुगेको पाइएको छ जुन आँकडा २०.८ प्रतिशतको वार्षिक वृद्धि हुन आउँछ ।
टीडब्ल्यूएस र ओपन–ब्याक हेडफोनहरू उपभोक्ताहरू बीच बढी लोकप्रिय
५५.४ मिलियन प्रोडक्टस (उत्पादनहरू) मध्ये, ३५.०८ मिलियन टीडब्ल्यूएस इयरफोनहरू थिए र जसले ५.६ प्रतिशतको वर्ष–दर–वर्ष वृद्धि प्रतिनिधित्व गर्दछ।
त्यसैगरी तुलनात्मक रुपमा ओपन–ब्याक हेडफोन बजारले पनि उल्लेखनीय वृद्धि हासिल गरेको छ र सन् २०२४ को पहिलो ६ महिनामा ११.८४ मिलियन युनिटको ढुवानी भएको छ जुन वार्षिक रूपमा ३०३.६ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ।
यस वर्षको पूर्वार्द्धमा भने टीडब्ल्यूएस इयरफोनको वृद्धि सुस्ताएको उल्लेख छ। यसबाहेक प्रोडक्ट स्पेसमा प्रतिस्पर्धा पनि उग्र रहेको थप उल्लेख गरिएको छ।
अग्रणी निर्माताहरूले इन्ट्रि–लेभल प्रडक्टहरूमा काम गरिरहेका छन् भने समग्र बजारले आक्रामक मूल्य निर्धारणका साथ नयाँ प्रविधिहरूसँग प्रतिस्पर्धा गरिरहेको जनाइएको छ।
साथै यसले लामो ब्याट्री लाइफ, सुधारिएको नोइज रिडक्सन (आवाज घटाउने) र अडियो गुणस्तरमा सुधार ल्याएको जनाइएको छ।
त्यसैगरी २०० युआन (२८ अमेरिकी डलर) भन्दा कम मूल्य ट्याग भएका टीडब्ल्यूएस इयरफोनहरू ६५ प्रतिशत पुगेको छ र जुन गत वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशत वृद्धि हो।
बोन कन्डक्सन प्रयोग गर्ने इयरफोनहरूले केही प्राविधिक अवरोधहरू भए तापनि र एक विशिष्ट प्रयोगकर्ता समूहमा लक्षित गरिए पनि कथित रूपमा विकासको अपेक्षाकृत स्थिर चरणमा प्रवेश गरेको उल्लेख छ। यो प्रडक्ट क्याटेगरीमा यो वर्षको पूर्वार्द्धमा ढुवानीतर्फ ३४ प्रतिशत वार्षिक वृद्धि भएको उल्लेख छ।
नेकब्यान्ड इयरफोनको ढुवानीमा कमी
नेकब्यान्ड हेडफोनको ढुवानी मात्रा सन् २०२४ को पहिलो ६ महिनामा वर्ष–दर–वर्ष २४.१ प्रतिशतले घटेको छ। साथै लामो अवधिमा, यस प्रोडक्ट क्याटेगरी (उत्पादन वर्ग) को ढुवानी निरन्तर घट्ने अपेक्षा गरिएको छ।
टीडब्ल्यूएस हेडफोनहरू धेरै लोकप्रिय भएका कारणले यसको ढुवानी घटेको हुन सक्ने जनाइएको छ। साथै लीकिङ उत्पादकहरूले यस प्रोडक्ट क्याटेगरी (उत्पादन वर्ग)मा आफ्नो लगानी घटाएको थप रिपोर्ट गरिएको छ।
आगामी दिनहरुमा ब्लुटुथ हेडसेटको समग्र बजार ढुवानी बिस्तारै बढ्दै जाने आईडीसीले भविष्यवाणी गरेको छ। यसबाहेक आईडीसीले टीडब्ल्यूएस इयरफोनहरूले आफ्नो लोकप्रियता कायम राख्ने भविष्यवाणी पनि गरेको थप उल्लेख छ। साथै सन् २०२४ पछि ओपन–टाइप हेडसेटहरूको वृद्धि दर बिस्तारै स्थिर हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २२ श्रावण २०८१, मंगलवार