Technology Khabar २२ श्रावण २०८१, मंगलवार
काठमाडौं ।
च्याटजीपीटीले लेखेको टेक्स्टहरुमा ओपनएआईले वाटरमार्क नलगाउने भएको छ। ओपनएआईले एक वर्षअघि च्याटजीपीटीका टेक्स्टमा वाटरमार्क लगाउने र वाटरमार्क पत्ता लगाउने प्रविधि ल्याएकोमा प्रयोगकर्ताहरुको गोपनीयतालाई मध्यनजर गर्दै यो सुविधा सार्वजनिक नगर्ने भएको अन्तरराष्ट्रिय समाचार संस्था द भर्जले जनाएको छ।
द जर्नलका अनुसार सामान्यतया विद्यार्थीहरुले लेखाईको काम एआईमार्फत् नगरुन् भनेर शिक्षकहरुले चेक गर्ने संयन्त्र बनाउनु निकै राम्रो काम हो, त्यसका लागि वाटरमार्क लगाउनु राम्रो कुरा हो । तर वाटरमार्क लगाउँदा आफ्ना प्रयोगकर्ता भाँडिनसक्ने भएकाले कम्पनीले यस्तो टूल बनाएर पनि लागू नगर्ने भएको हो।
हालै उसले विश्वभर गरेको सर्वेक्षणमा सहभागीमध्ये ३ चौथाई मानिसहरुले एआईले लेखेको पत्ता लगाउने टूललाई मत दिएका छन् । तर सोही कम्पनीले बनाएको वाटरमार्क राख्ने पद्धतिलाई भने मानिसकहरुले मन नपराएको कम्पनीको भनाई छ।
टेकक्रञ्चले देखेको ओपनएआईको ब्लगमा कम्पनीले टेक्स्टमा वाटरमार्क लगाउनेबारे केही काम गरेको उल्लेख गरेको समाचारमा जनाइएको छ। द जर्नलले देखेको आधिकारिक कागजातमा कम्पनीले आफ्नो तरिका ९९ प्रतिशत प्रभावशाली रहेको उल्लेख गरेको छ। यो टूल लागू भएमा यसमा लेखिएको कुराहरुलाई तोडमोड गरेको तथा प्याराफ्रेजिङ गरेको समेत थाहा पाउन सकिन्छ।
कम्पनी वाटरमार्क लगाएमा सम्भावित ग्राहक भाँडिने वा घट्ने कुरामा चिन्तित रहेको छ। कम्पनीले हालै गरेको एक सर्वेक्षणमा भाग लिएकामध्ये च्याटजीपीटीको टेक्स्टमा वाटरमार्क लगाएमा प्रयोग गर्न छोड्ने बताएको उल्लेख गरेको छ। यस हिसाबले समग्र प्रयोगकर्ताको सङ्ख्या हेर्दा यो टूल सार्वजनिक गर्नुमा कम्पनीलाई नै घाटा हुने देखेर यसबाट ओपनएआई पछि हटेको बुझिएको छ।
प्रकाशित: २२ श्रावण २०८१, मंगलवार