क्राउडस्ट्राइकले यसकारण स्विकार गरेन डेल्टा एयरलाइन्सले लगाएको आरोप

Technology Khabar २२ श्रावण २०८१, मंगलवार

काठमाडौं ।

साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले केही समयअघि भएको विश्वव्यापी आउटेजका कारण करोडौं डलर क्षति भएको भन्दै लगाएको आरोप अस्विकार गरेको छ।

डेल्टाका सीईओ एड बास्टियनले अघिल्लो हप्ता केही समयअघि भएको क्राउडस्ट्राइकको आउटेजको समस्याले ५० करोड डलर बराबरको क्षति भएको र उक्त परिमाण बराबरको क्षतिपूर्ति भराउने गरी मुद्दा हाल्न लागेको बताएका थिए । क्राउडस्ट्राइकले भने यो आरोपमा थोरै पनि विश्वसनीयता नभएको बताउँदै अस्विकार गरेको हो।

क्राउडस्ट्राइकले डेल्टा एयरलाइन्स सञ्चालकसँग पुन माफी मागेको तर बाहिरको वकिलमार्फत् चिठी पठाउँदै ‘हामीले अवाञ्छनीय तरिकाले काम गरेको भन्ने डेल्टाको सुझावबाट निकै दु:खी भएको र यो कुनै पनि प्रकारको हेलचेक्र्याईँ वा दुर्व्यवहार भएको भन्ने आरोपलाई सशक्त तरिकाले अस्विकार गरेको’ जानकारी दिएको छ।

विश्वभरका ८५ लाख विण्डोज डिभाइसमा देखा परेको उक्त समस्याका ६ दिनमा डेल्टा एयरलाइन्सले ६ हजार उडान रद्द गर्नुपरेको थियो । यसबाट ५ लाखभन्दा बढी यात्रु प्रभावित भएका थिए।

अब उक्त कम्पनीले आउटेजको समस्या समाधान गर्न अन्य एयरलाईन्सको भन्दा किन बढी समय लगायो भन्नेबारे अमेरिकी यातायात विभागको अनुसन्धान खेप्नुपर्ने भएको समाचारमा उल्लेख छ।

क्राउडस्ट्राइकको उक्त पत्रमा ‘कम्पनीले ब्यहोर्नुपर्ने दायित्व सम्झौता अनुसार नै ब्यहोरिएको र उक्त रकम १० लाख डलरभन्दा कम रहेको प्रस्ट पारेको छ। डेल्टाले भने क्राउडस्ट्राइकको उक्त पत्रमाथि कुनै टिप्पणी नगरेको बुझिएको छ।

उक्त समस्या आएको केहीबेरमै क्राउडस्ट्राइकले डेल्टा एयरलाइन्समा पुगेर प्राविधिक सहयोग चाहिन्छ कि भनेर सोधेको साथै क्राउडस्ट्राइकका सीईओ स्वयंले डेल्टाका सीईओलाई सोझै सम्पर्क गरेर सहयोगका बारे सोधे पनि उताबाट कुनै जवाफ आएको छैन।

प्रकाशित: २२ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया