
काठमाडौं ।
चिप निर्माण उद्योगमा हाल प्रतिस्पर्धाविरोधी तनावहरु थपिँदै गएका छन् ।
उद्योगका प्रतिस्पर्धीहरुले एनभिडियामाथि आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा प्रयोग हुने चिपहरु बिक्री गर्ने क्रममा बजारमा रहेको आफ्नो प्रभावको दुरुपयोग गरेको आरोप लगाएका छन् । प्राविधिक समाचार संस्था द इन्फर्मेशनको रिपोर्ट अनुसार सो सम्बन्धमा अमेरिकी न्याय विभागले अनुसन्धान थालेको हो।
उक्त समाचार रिपोर्टमा त्यस विवादसँग सम्बद्ध नाम नखुलाइएको स्रोतलाई उद्धृत गर्दै न्याय विभागका अधिकारीहरु एनभिडियाले आफ्नो बजार प्रभुत्वको दुरुपयोग गरी व्यवसाय हात पार्न उपभोक्तालाई दबाब दिएकोबारे अध्ययन गरिरहेका छन्।
उक्त उजुरीमा एनभिडियाले आफ्ना ग्राहकहरुलाई क्यालिफोर्नियाको टेक जायन्ट सान्टा क्लारा तथा अन्य प्रतिस्पर्धीसँग उत्पादनहरु किनेमा सजायँ दिने धम्की दिएको पनि उल्लेख छ।
द इन्फर्मेशनका अनुसार अमेरिकी अधिकारीहरु यसबारे बुझ्न एनभिडियाका विभिन्न प्रतिस्पर्धहरुकोमा सोधपूछ र छलफलका लागि गइरहेका छन् ।
आफूहरुले शुक्रबार यसबारे जानकारी लिन खोज्दा न्याय विभागले कुनै टिप्पणी गर्न र थप जानकारी दिन नचाहेको एपीन्युजले उल्लेख गरेको छ।
तर एनभिडियाले निकालेको एउटा विज्ञप्तिमा कम्पनीले आफूले नीतिगतरुपमा उक्त मुद्दा जित्ने दावी गर्दै आफूहरु दशकौंको अनुसन्धान तथा नवीनतामा आधारित रहेको र प्रचलित कानूनहरुको पालना गर्दै आएको तर्क प्रस्तुत गरिएको छ।
प्रकाशित: २१ श्रावण २०८१, सोमबार