
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ का लागि इन्फर्मेसन सिस्टम अडिट र क्लाउड सुरक्षा अडिट गर्न अडिटरहरुको रोस्टर केही समयअघि प्रकाशन गरेको छ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले रोस्टरमा दर्ता हुनको लागि आह्वान गरेकोमा आवेदकहरुमध्येबाट योग्यता पुगेका हरुलाई रोस्टरमा समावेश गरिएकोको बताएको छ।
साइबर सुरक्षा विनियमावली २०७७ अन्तरगत गरिने सेक्यूरिटी अडिटका लागि प्राधिकरणको रोस्टरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै कम्पनीले आवश्यक योग्यता पूरा गरेर सहभागी हुनसक्ने प्रावधान रहेको छ । तर केही समयअघि निकालिएको अद्यावधिक रोस्टरमा सबै नेपाली कम्पनीहरु समावेश छन् ।
रोस्टर अनुसार इन्फर्मेसन सिस्टम अडिट र क्लाउड सुरक्षा अडिट गर्न अडिटरहरु संस्थाको सङ्ख्या ६ नै कायम छ । तर हालका लागि भने इन्फर्मेसन सिस्टम अडिट र क्लाउड सुरक्षा अडिट गर्ने जिम्मेवारी पाएका कम्पनीहरु भने एकै परेका छन्।
साइबर सुरक्षा उपनियम २०२० को धारा ५५ र ५७ ४ आर्थिक वर्ष २०७८/७९ का लागि अन्तर्गत छानिएका अडिटरहरुको अद्यावधिक सूची यसप्रकार छ:
| इन्फर्मेसन सिस्टम अडिटर |
| क्र. सं. | परामर्शदाता संस्थाको नाम | ठेगाना |
| १ | बिज सर्भ आईटी प्रा ली | डिल्लीबजार काठमाडाैं, नेपाल |
| २ | सिनिकल टेक्नोलोजी प्रा ली | मैतिदेवी काठमाडाैं, नेपाल |
| ३ | एमिनेन्स वेज प्रा ली | सेतोपुल काठमाडाैं, नेपाल |
| क्लाउड सिस्टम अडिटर |
| क्र. सं. | परामर्शदाता संस्थाको नाम | ठेगाना |
| १ | बिज सर्भ आईटी प्रा ली | डिल्लीबजार काठमाडाैं, नेपाल |
| २ | सिनिकल टेक्नोलोजी प्रा ली | मैतिदेवी काठमाडाैं, नेपाल |
| ३ | एमिनेन्स वेज प्रा ली | सेतोपुल काठमाडाैं, नेपाल |
प्रकाशित: २१ श्रावण २०८१, सोमबार