मार्क जुकरबर्गको कम्पनी मेटालाई ठूलो झट्का, १.४ बिलियन डलर तिर्नुपर्ने

  • Technology Khabar | २० श्रावण २०८१, आईतवार
मार्क जुकरबर्गको कम्पनी मेटालाई ठूलो झट्का, १.४ बिलियन डलर तिर्नुपर्ने

काठमाडौं ।

टेक दिग्गज मेटाका विरुद्धमा चलिरहेको बायोमेट्रिक गोपनीयता नियम उल्लङ्घन केससँग सम्बन्धित नयाँ जानकारी आएको छ। यसमा कम्पनीले १.४ बिलियन डलर बराबरको सम्झौता गर्न सहमत भएको एक रिपोर्टमा भनिएको छ।

मेटालाई अनुहार पहिचान प्रविधि (फेस रिकोग्नाइजेशन सिस्टम) को सहारा लिई बिना अनुमति टेक्सासका लाखौं मानिसहरूको बायोमेट्रिक डाटा संकलन र प्रयोग गरेको आरोप लगाइएको थियो, जसमा फेसबुकमा अपलोड गरिएका फोटो र भिडियोहरू समावेश थिए।

टेक्सासका महान्यायाधिवक्ता केन प्याक्सटनले यो राज्यको सबैभन्दा ठूलो मुद्दाको सम्झौता भएको बताए। ‘यस ऐतिहासिक सम्झौताले विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूप्रति खडा हुने, उनीहरूले कानून तोड्ने र टेक्सासहरूको गोपनीयता अधिकार उल्लङ्घन गर्दा उनीहरूलाई जवाफदेही बनाउने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ,’ उनले भनेका छन्।

यसैगरी, मेटाले यो समस्या समाधान गर्न चाहेको र टेक्सासमा लगानी बढाउने तरिका खोज्न चाहेको बताएको छ, जसमा डाटा सेन्टरहरू निर्माण समावेश छ।

सन् २०२२ मा मेटाविरुद्ध टेक्सास अदालतमा मुद्दा दायर गरिएको थियो। यसअघि २०२१ मा पनि कम्पनी विरुद्ध मुद्दा दर्ता भएको थियो। यसमा पनि कम्पनीले गोपनीयता नियम उल्लंघन गरेको आरोप लागेको थियो। यस मुद्दामा ६५ करोड डलरको सम्झौता भएको थियो। यस अवधिमा, कम्पनीले अनुहार पहिचान प्रणाली बन्द गर्ने र लाखौं प्रयोगकर्ताहरूको फिंगरप्रिन्ट मेटाउने कुरा गरेको थियो।

प्रकाशित: २० श्रावण २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...