बंगलादेशमा फेरि हिंसा भड्कियो, ह्वाट्सएप-इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल एपमा प्रतिबन्ध

Technology Khabar १९ श्रावण २०८१, शनिबार

काठमाडौं ।

बंगलादेशमा लोकप्रिय सामाजिक सञ्जाल एप इन्स्टाग्राम, फेसबुक, टिकटक र युट्युबलाई अस्थायी रूपमा प्रतिबन्ध लगाइएको छ। यो निर्णय यस्तो समयमा आएको छ, जब बंगलादेशमा आरक्षणको मुद्दामा फेरि विरोध प्रदर्शन सुरु भएको छ।

टाइम्स अफ इन्डिया र ग्लोबल आइजले आफ्नो रिपोर्टमा सामाजिक सञ्जाल प्रतिबन्धको जानकारी दिएपनि यी सामाजिक सञ्जाल एपहरूमा लगाइएको प्रतिबन्धबारे बंगलादेश सरकारबाट कुनै आधिकारिक बयान आएको छैन।

यी एपहरूमा प्रतिबन्ध

टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार बंगलादेशको सरकारले इन्स्टाग्राम, टिकटक, युट्युब र ह्वाट्सएपलगायत लोकप्रिय सामाजिक सञ्जाल एपको प्रयोगमा अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ। यसअघि शुक्रबार यस प्रतिबन्धको जानकारी ग्लोबल आइज न्यूजले आफ्नो आधिकारिक एक्स अकाउन्टमार्फत दिएको थियो।

ग्लोबल आइजको रिपोर्टमा शुक्रबारदेखि देशभर सामाजिक सञ्जाल साइटहरूमा अस्थायी प्रतिबन्ध लगाइएको पनि उल्लेख छ। सरकारले दिउँसो १२ बजेपछि मेटा प्लेटफर्मको सञ्जाल सीमित गरेको छ भने सामाजिक सञ्जाल भिपीएन प्रयोग गरेर पनि चलाउन नपाउने गरी इन्टरनेटको गति पनि सुस्त गरेको छ।

बंगलादेशमा शुक्रबार (अगस्ट २) प्रधानमन्त्री शेख हसिना र उनको सरकारविरुद्ध पुनः प्रदर्शन सुरु भएको छ। यसअघि गत महिना जुलाईमा पनि यस्ता प्रदर्शनहरू भएका थिए, र त्यसपछि कर्फ्यू लगाइएको थियो।

गत महिना पनि इन्स्टाग्राम र फेसबुकमाथि प्रतिबन्ध लगाइएको थियो र इन्टरनेट र सामाजिक साइटमा प्रतिबन्ध लगाउने निर्णय भएको थियो। पछि, आरक्षण कोटामा सर्वोच्च अदालतको निर्णय पछि, मामिला केही शान्त भयो, त्यसपछि फेरि विरोध सुरु भयो।

प्रकाशित: १९ श्रावण २०८१, शनिबार

तपाइको प्रतिक्रिया