
काठमाडौं ।
गुगलको मूल कम्पनी अल्फाबेटले साइबर सुरक्षा संस्था क्राउडस्ट्राइकबाट उल्लेख्य परिमाणको आफ्नो सेयर झिकिसकेको खुलेको छ।
कम्पनीले गत जुलाई महिनामै आफ्नो सेयर निकालिसकेको गत शुक्रबार नियामक निकायमा दर्ता गरिएको दस्तावेजमा उल्लेख भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
कम्पनीले क्राउडस्ट्राइमा रहेका आफ्ना समग्र ८ लाख ५५ हजार ७८९ कित्तामध्ये ४ लाख २७ हजार ८९५ कित्ता क्लास ए सेयरहरु जुन मसान्त हाराहारी निकालेको पाइएको छ।
साइबर सुरक्षा संस्था क्राउडस्ट्राइकले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिन नचाहेको रोयटर्सले उल्लेख गरेको छ।
गत जुला२ १९ तारिखका दिन क्राउडस्ट्राइकले गलत सफ्टवेयर अपडेट रोलआउट गरेका कारण विश्वव्यापी रुपमा ८५ लाख विण्डोज डिभाइसहरुमा गम्भीर समस्या देखा परेको थियो जसबाट स्वास्थ्य, हवाई, दूरसञ्चार लगायतका अति आवश्यक क्षेत्रहरु प्रभावित भएका थिए।
उक्त आउटेजपछि क्राउडस्ट्राइकको सेयर मूल्यमा ३५ प्रतिशतसम्म गिरावट आएको र यसले लगानीकर्ताहरुले आफ्ना सुरक्षा रणनीतिबारे पुनर्विचार गर्ने साथै नियामकहरुले पनि यस्ता जटिल र गम्भीर सफ्टवेयर ठूला कम्पनीका हातमा हुनु हुनज्छ कि हुँदैन भनेर सोच्न बाध्य बनाएको थियो।
यसै क्रममा सेयरधनीहरुले आफूहरुलाई उक्त समस्याग्रस्त सफटवेयरको सुरक्षा प्रबलाताबारे भ्रामक आश्वासन दिएर धोखाधडी गरेको भन्दै गत बुधबार कम्पनीविरुद्ध क्लास एक्शन मुद्दा दायर गरेका थिए ।
प्रकाशित: १९ श्रावण २०८१, शनिबार