आगामी आईफोन १६ प्रो म्याक्सका रङ्गहरूको खुलासा

  • Technology Khabar | १८ श्रावण २०८१, शुक्रबार
आगामी आईफोन १६ प्रो म्याक्सका रङ्गहरूको खुलासा

काठमाडौं ।

हालै आईफोन १६ को सम्भावित रङहरू खुलासा गर्दै पाँच ओटा डमीहरू देखा परेका थिए। यसैक्रममा अब ४८ घन्टाभन्दा पनि कम समय अवधिमा उही लीकले आगामी आईफोन १६ प्रो म्याक्सको रङहरूको बारे खुलासा गरेको छ।

शुक्रबार उक्त लीकले आईफोन १६ प्रो म्याक्स ह्वाइट (सेतो), ब्ल्याक (कालो) र ग्रे (खैरो) गरी तीन रङ्गहरूमा आउने खुलासा गरेको छ।

रङ्गको सन्दर्भमा आगामी प्रो आईफोनहरू निश्चित रूपमा नन्–प्रोहरू भन्दा कम प्लेफुल हुने छन् भनि उल्लेख गरिएको छ। साथै यी रङ्गहरू बाहेक आईफोन १६ प्रो म्याक्सको लागि चौथो रङ्ग पनि रहेको अफवाह छ।

यद्यपि चौथो रङ्गको तस्बिर उपलब्ध नभए तापनि अफवाह अनुसार उक्त चौथो रङ्ग रोज (गुलाबी) हुने जनाइएको छ।

त्यसैगरी अर्को पुस्ताको लागि ब्ल्याक अप्सन (कालो विकल्प) आईफोन १५ प्रो सिरिजमा देखेको भन्दा पनि थप कालो हुने जनाइएको छ।

आईफोन १६ प्रो म्याक्स र यस सिरिजको अन्य सदस्यहरु सेप्टेम्बरमा लन्च हुने तयारीमा छन्। यद्यपि तिनीहरूसँग गेट–गोबाट बेक गरिएको एप्पल इन्टेलिजेन्स सुविधाहरू नहुन सक्ने थप उल्लेख छ।

यसको सट्टा, अक्टोबरमा जारी हुने आईओएस १८.१ को लागि कुर्नु पर्ने हुन सक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १८ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Honor opens its first official showroom at City Center

  • Technology Khabar
  • १८ श्रावण २०८१, शुक्रबार