कक्षा‌-१२ को नतिजा आज प्रकाशन गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा

  • Technology Khabar | १८ श्रावण २०८१, शुक्रबार
कक्षा‌-१२ को नतिजा आज प्रकाशन गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा– १२ को नतिजा कुनै प्राविधिक गडबडी नभएको खण्डमा आज प्रकाशित गर्ने तयारी गरेको छ।

बोर्डको तयारी अनुसार प्रविधिक लगायत अन्य भैपरी आउने गडबडी नआएको खण्डमा आज नतिजा प्रकाशित हुने बोर्ड स्रोतले जनाएको छ । नतिजा प्रकाशित भएपछि अनलाइन एसएमएस तथा आईभीआरमार्फत् हेर्नका लागि नेपाल टेलिकमले व्यवस्था गरेको छ।

बोर्डको जानकारी अनुसार गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा तथा १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी समग्रमा ३ लाख ९० हजार ८ सय ४७ विद्यार्थीले परीक्षा दिएका थिए ।

नेपाल टेलिकमले सूचना नै जारी गरेर आफ्ना विभिन्न प्लेटफर्ममार्फत् उक्त नतिजा हेर्न सकिने जानकारी दिएको हो ।

यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा

#IVR का मार्फत्: नेपाल टेलिकमको Land line phone, Mobile बाट १६०१ डायल गरी प्राप्त निर्देशानुसार गर्ने ।

#SMS मार्फत्: Mobile को Message box मा NEB<space> <symbol number> टाइप गरी १६०० मा पठाउने । USSD का लागि नेपाल टेलिकमको Mobile बाट * १६००# डायल गरी प्राप्त निर्देशानुसार गर्ने ।

#Web मार्फत्: नेपाल टेलिकमको Website: https://neb.ntc.net.np मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिनेछ ।

प्रकाशित: १८ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार