पोखराका लागि दिपलको आधिकारिक बिक्रेतामा हिमालय मोटरक्स नियुक्त

  • Technology Khabar | १७ श्रावण २०८१, बिहीबार
पोखराका लागि दिपलको आधिकारिक बिक्रेतामा  हिमालय मोटरक्स नियुक्त

काठमाडौं ।

चिनियाँ विद्युतीय गाडी दिपलको पोखरा क्षेत्रको आधिकारिक बिक्रेतामा हिमालय मोटरक्स प्रा.लि. नियुक्त भएको छ ।

उक्त गाडीको नेपालको लागि आधिकारिक बिक्रेता एमएडब्लु बृद्घि अटोकर्पले पोखरा क्षेत्रका लागि हिमालय अर्गानाईजेशन अन्तर्गतको  हिमालय मोटरक्सलाई आधिकारिक बिक्रेताका रुपमा चयन गरेको हो।

पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्स प्रा.लि.को शोरुममा गई दिपल गाडि बुकिङ्ग गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडी पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने कम्पनीको विश्वास छ । टेस्ट ड्राईभको लागि एक साता भित्र गाडी पोखरामा उपलब्ध हुने बताइएको छ ।

कम्पनीका अनुसार दिपलको एस ०७ र एल ०७ लगायत अन्य मोडेलहरु उपलब्ध हुने साथै गाडी बुकिङ्ग गर्ने ग्राहकहरुलाई एक साता भित्रै गाडि उपलब्ध गराइने छ ।

दिपलको एस ०७ इ एसयूभी इन्टेलीजेन्ट र लक्जरियस रहेको कम्पनीको दावी छ । नेपालमा यो गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैँया तोकीएको छ । यसले सिंगल चार्जमा ४१० देखी ४८५ कि.मी रेन्ज प्रदान गर्ने बताइएको छदा। एल ०७ को मूल्य भने ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

प्रकाशित: १७ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार