नेपाल टेलिकमले आज राति बिलिङ्ग प्रणाली स्तरोन्नति गर्दै

  • Technology Khabar | १७ श्रावण २०८१, बिहीबार
नेपाल टेलिकमले आज राति बिलिङ्ग प्रणाली स्तरोन्नति गर्दै

काठमाडौं ।

नेपाल टेलिकमले आज राति आफ्नो बिलिङ्ग प्रणाली स्तरोन्नति गर्ने जानकारी दिएको छ।

कम्पनीले बिलिङ्ग प्रणाली स्तरोन्नति कार्यका लागि साउन १७ गते आज राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा प्रभावित हुनसक्ने जानकारी दिएको छ।

कम्पनीले यसबाट ब्यालेन्स रिचार्ज/प्याकेज खरिद/ क्वेरी सेवाहरु प्रभावित हुनसक्ने उल्लेख गरेको छ। त्यसैले सो समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज/प्याकेज खरिद गर्न आग्रह गरेको छ।

नेपाल टेलिकमकाअनुसार उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा पीएसटीएन/एफटीटीएच भ्वाइस/डाटा/आइपीटीभी सेवा यथावत संचालन हुने छ।

रिचार्ज प्याकेज सब्सक्रिप्सन वा अन्य कुनै सेवा सम्बन्धी समस्याका लागि सो समय पश्चात १४९८ र १९८ मा डायल गर्न भनिएको छ।

प्रकाशित: १७ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...