Technology Khabar १७ श्रावण २०८१, बिहीबार
काठमाडौं ।
गत अप्रिलमा सियाटलमा मोटरसाइकल चालकको मृत्यु हुनेगरी भएको दुर्घटनामा टेस्लाको गाडी पूर्ण रुपमा सेल्फ ड्राइभिङ मोडमा रहेको खुलेको छ।
वाशिङ्टनका अधिकारीहरुले दुर्घटनाका बेला उक्त गाडीमा टेस्लाको एफएसडी अर्थात् फूल सेल्फ ड्राइभिङ मोडमा रहेको निर्क्योल निकालेका हुन् ।
एजेन्सीका प्रवक्ता क्याप्टेन डिअन ग्लभरले मंगलबार जनाएङ्क अनुसार वाशिङ्टन स्टेट पट्रोल नामक संस्थाका अनुसन्धाताहरुले उक्त दुर्घटनाग्रस्त टेस्लाको मोडल एस गाडीको दुर्घटना भएको बेलाको इभेन्ट डाटा रेकर्डरको विवरण डाउनलोड गरेर हेरेपछि यो निर्क्योलमा पुगेको हो।
यस घटना सम्बन्धमा अनुसन्धान जारी रहेको छ’, ग्लभरले एपीलाई पठाएको ईमेलमा उल्लेख गरेका छन्। उक्त मुद्दामा के के आरोप लगाइएको छ भन्नेबारे त्यहाँको काउन्टीका उजुरीकर्ता (द स्नोहोमिश काउन्टी प्रोसेक्युटर) ले निर्क्योल गर्ने उनले जानकारी दिए ।
टेस्लाका सीईओ इलन मस्कले गत हप्ता यो वर्षको अन्त्यसम्ममा फुल सेल्फ ड्राइभिङले मानव अनुगमनबिना नै काम गर्न सक्षम हुनुपर्ने बताएका थिए । कम्पनीको आम्दानी विवरण सार्वजनिक गर्ने क्रममा उनले विगतमा आफूले उक्त समस्याका बारेमा गरेका भविष्यवाणी निकै आशावादी भएको पनि थपे।
प्रकाशित: १७ श्रावण २०८१, बिहीबार