एप्पल इन्टेलिजेन्समा कल रेकर्डिङ र ट्रान्सक्राइबिङ लगायत फिचर समावेश हुने

  • Technology Khabar | १७ श्रावण २०८१, बिहीबार
एप्पल इन्टेलिजेन्समा कल रेकर्डिङ र ट्रान्सक्राइबिङ लगायत फिचर समावेश हुने

काठमाडौं ।

एप्पल इन्टेलिजेन्स सेप्टेम्बरमा लन्च गरिने नयाँ आईफोन १६ परिवारसँग सार्वजनिक नभएर अक्टोबरमा सफ्टवेयर अपडेटको रूपमा आइपुग्नेछ भनि सोमबार एउटा रिपोर्टले बताएको थियो। यसै क्रममा अब एप्पलले मूलतया केही नबोली यसबारे पुष्टि गरेको जनाइएको छ।

कम्पनीले मंगलबार आईओएस १८.१ को पहिलो डेभलपर बिटा जारी गरेको छ र यसमा पहिलो एप्पल इन्टेलिजेन्स फिचर्स (सुविधाहरू) समावेश छन्।

आईओएस १८ को पनि हाल बिटा परीक्षण भइरहेको र यो सेप्टेम्बरमा बाहिर आउने जनाइएको छ। साथै आईओएस १८ मा आईओएस १८.१ पहिलो प्रमुख अपडेट हुने भएकाले यो अक्टोबरमा आउन सक्ने थप उल्लेख गरिएको छ।

आईओएस १८.१ र आईप्याडओएस १८.१ को पहिलो बिटासँग एप्पलले अन्ततः एप्पल इन्टेलिजेन्स सुइटलाई खुला गर्ने भएको छ। यसलाई अन गर्नको लागि सेटिङ्गसमा गएर वेटलिस्ट (प्रतीक्षा सूची) मा सामेल हुन आवश्यक पर्नेछ।

हालको लागि पर्खाइ केही घण्टा लामो भए तापनि यो एक डेभलपर–वन्लि (विकासकर्ता–मात्र) बिटा भएको हुनाले यसलाई हामीले हेर्न पाउने उत्तम परिदृश्य हुने जनाइएको छ।

साथै अक्टोबरमा आम जनतालाई यसमा पहुँच प्राप्त गर्नको लागि सम्भवतः केही घण्टाभन्दा बढी लाग्न सक्ने थप उल्लेख गरिएको छ।

राइटिङ टुल्स (पुनःलेखन, हिज्जे जाँच, व्याकरण जाँच, सन्देशहरूमा पाठ संक्षेप, नोटहरू, मेल, पृष्ठहरू, र अन्य एप्सहरू), स्क्रिनको किनाराहरूको वरिपरि चमकको साथ सिरीको नयाँ लुक (रूप) र यसमा टाइप गर्ने क्षमता, ट्रान्सक्रिप्टहरूको लागि सारांशहरू र अन्य कन्टेन्ट, नयाँ मेल कोटीहरू र स्मार्ट रिप्लाइहरूका साथै सन्देशहरूमा स्मार्ट रिप्लाइहरू जस्ता ती सबै फिचर्स यस भित्र समावेश गरिएका छन्।

साथै जोइनिङ्ग (सामेल) हुनु भनेको फोन कलहरू रेकर्ड र ट्रान्सक्राइब गर्ने क्षमता हो भनि उल्लेख गरिएको छ। साथै एकपटक कलमा (सामेल भइसकेपछि तपाईँले शीर्ष बायाँ कुनामा रहेको रेकर्ड बटन ट्याप गर्न सक्नुहुन्छ।

साथै यसले कलमा रहेका सबैलाई अडिबल मेसेज (श्रव्य सन्देश) मार्फत यो रेकर्ड भइरहेको छ भनेर सूचित गर्नेछ र त्यसपछि अडियो नोट्स एपमा सेभ (सुरक्षित) हुने जनाइएको छ।

कलपश्चात उक्त कल पुनः सुन्न सकिनेछ भने पूर्ण ट्रान्सक्रिप्ट हेरेर ट्रान्सक्रिप्टको सारांश पनि प्राप्त गर्न सकिने उल्लेख गरिएको छ।

आईओएस १८.१ को पब्लिक बिटा पक्कै पनि अर्को केही हप्तामा आउनेछ भनि जीएसएमएरिनाले उल्लेख गरिएको छ।

प्रकाशित: १७ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...