पदभार ग्रहणका क्रममा के भनिन् नवनियुक्त सञ्चार सचिव अर्यालले?

Technology Khabar १६ श्रावण २०८१, बुधबार

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन् ।

पदभार सम्हाल्दै सचिव अर्यालले मन्त्रालयको हितमा सबैले सहकार्य गरेर जिम्मेवारी बहन गर्न कर्मचारीलाई निर्देशन दिइन् ।

सूचना र प्रविधिका माध्यमबाट देशलाई सुशासन, सूचना प्रवाह र विकासतर्फ उन्मुख गराउन मद्दत पुग्ने उनले उल्लेख गरिन् । जिम्मेवारीसँगै काम गर्न चुनौती पनि उत्तिकै रहेको उनको भनाइ थियो ।

“सबै कर्मचारीले मन्त्रालयको छवि स्वच्छ राख्दै जिम्मेवारी पूरा गर्नुहुनेछ भन्नेमा विश्वस्त छु”, सचिव अर्यालले भनिन् ।

सो अवसरमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालयका विविध गतिविधिबारे सचिव अर्याललाई जानकारी गराएका थिए । रासस

प्रकाशित: १६ श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया