इयुद्वारा नवीकरणीय हाइड्रोजन सब्सिडी योजना अनुमोदन

  • Technology Khabar | १६ श्रावण २०८१, बुधबार
इयुद्वारा नवीकरणीय हाइड्रोजन सब्सिडी योजना अनुमोदन

काठमाडौं ।

युरोपेली आयोगले नेदरल्यान्ड्सको इलेक्ट्रोलाइसिस क्षमता बढाउने र नवीकरणीय हाइड्रोजनको उत्पादनलाई समर्थन गर्ने उद्देश्यले ९९ करोड ८० लाख यूरो (एक अर्ब अमेरिकी डलर) डच अनुदान योजना स्वीकृत गरेको घोषणा गरेको छ।

यो पहल ब्रसेल्सको हरित एजेन्डासँग राम्रोसँग मिल्दोजुल्दो रहेको आयोगले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ। यसले युरोपेली सङ्घ (इयु) हाइड्रोजन रणनीति र युरोपेली हरित सम्झौताको उद्देश्य अनुसार नवीकरणीय हाइड्रोजनको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ।

उक्त अनुदान योजनाले नेदरल्याण्डमा कम्तिमा २०० मेगावाट इलेक्ट्रोलाइसिस क्षमताको निर्माणलाई सहयोग गर्नेछ।

यो योजनाले नेदरल्यान्ड्सलाई सन् २०२५ सम्ममा ५०० मेगावाटको इलेक्ट्रोलाइजर क्षमता र सन् २०३० सम्ममा तीन देखि चार गिगावाटको लक्ष्य हासिल गर्न मद्दत गर्ने जनाएको छ। रासस/सिन्ह्वा

प्रकाशित: १६ श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार