अम्कोर टेक्नोलोजीले आर्थिक सहयोगका लागि गर्यो अमेरिकाको वाणिज्य विभागसँग सम्झौता

  • Technology Khabar | १६ श्रावण २०८१, बुधबार

काठमाडौं ।

अम्कोर टेक्नोलोजीले अमेरिकाको वाणिज्य विभागसँग एउटा बाध्यकारी नभएको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको छ।

अमेरिकाको सेमिकण्डक्टर प्याकेजिङ तथा परीक्षण सेवा प्रदायकका अनुसार यो सम्झौतापछि अम्कोरले चिप्स तथा विज्ञान ऐनअन्तर्गत पाइने प्रस्तावित् आर्थिक सहयोग पाउनेछ।

यसबाहेक बाइडेन ह्यारिस प्रशासनले पनि यस प्रकारको प्रारम्भिक सम्झौता गरेको र त्यसनुसार माइक्रोनले उक्त ऐनअन्तर्गत प्रस्तावित ४० करोड डलरसम्म सिधा आर्थिक सहयोगका रुपमा प्राप्त गर्ने समाचार संस्था डिजिटाइम्सले जनाएको छ।

यो प्रस्तावित सहयोगले अम्कोरको एरिजोनाको पिओरियामा लगभग २ अर्ब डलरको लगानी तथा २ हजार जनालाई रोजगारी दिनेगरी सञ्चालन गरिरहेको ग्रीनफिल्ड परियोजनामा सहयोगीसिद्ध हुने बुझिएको छ।

अम्कोरले सन् २०२३ मा एरिजोनामा प्लाण्ट बनाउने घोषणा गरेको थियो जुन अमेरिकामा रहेको सबैभन्दा ठूलो आउटसोर्स गरिएको अत्याधुनिक प्याकेजिङ तथा परीक्षण फ्यासिलिटी भएको बुझिएको छ।

यसबाट उच्च क्षमतायुक्त कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स, सञ्चार र स्वचालित डिभाइस सञ्चालनका क्षेत्रमा प्रयोग हुने विश्वका सबैभन्दा अत्याधुनिक सेमिकण्डक्टरहरुका लागि उन्नत इण्ड टू इण्ड प्याकेजिङ सेवा प्रदान गर्ने समाचारमा जनाइएको छ।

प्रकाशित: १६ श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार