सामसङ नेपालले ल्यायो नि:शुल्क पिक–अप र ड्रप सेवा

Technology Khabar १५ श्रावण २०८१, मंगलवार

काठमाडौं ।

सामसङ नेपालले काठमाडौं उपत्यकाभरी वारेन्टीमा रहेका मोबाइलका ग्राहकहरूका लागि फ्री पिक–अप र ड्रप सेवा बजारमा उपलब्ध गराएको छ।

वारेन्टीमा रहेका मोबाइलहरूमा कुनै समस्या देखिएमा निःशुल्क उपलब्ध नेपाल टेलिकमको टोल-फ्रि मोबाइल नम्बर १६६००१७२६६७, एनसेलको नम्बर ९८०१५७२६६७ मा वा ह्वाट्स एप नम्बर १६६००१७२६६७ मा सम्पर्क गरेर घरमै पिक–अप र ड्रप सेवा सुविधा पाउने सामसङ नेपालले जनाएको छ।

यो सेवा अन्तर्गत सामसङका प्रतिनिधिले ग्राहकले कल गरेको १ दिनभित्रै ग्राहकहरूको घरमै पुगेर मोबाइल लिने र मर्मत भएपछि फिर्ता घरमै पुर्याई दिनेछन् ।

हाललाई काठमाडौं उपत्यकाका न्युरोड, सुन्धारा, जावलाखेल, भक्तपुर र नयाँ बानेश्वरमा रहेको सर्भिस सेन्टरहरूबाट यो सुविधा दिइएको कम्पनीको भनाई छ।

प्रकाशित: १५ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया