बाँकेमा ७ हजार ७ सय ४५ राष्ट्रिय परिचयपत्रका कार्ड वितरण

Technology Khabar १५ श्रावण २०८१, मंगलवार

काठमाडौं ।

अहिलेसम्म बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्रका कार्ड वितरण भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा आएका ३४ हजार दुई सय ५१ कार्डमध्ये २६ हजार पाँच सय ६ कार्ड वितरण हुन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए ।

उनले विभागको निर्देशनअनुसार अहिले प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको कार्ड वितरण स्थगन भएको उल्लेख गर्दै कोहलपुर नपा, बैजनाथ र राप्तीसोनरी गाउँपालिकाका केही वडा, राप्तीसोनारी गाउँपालिका–९ तथा नरैनापुर गापाका वडा नं १, २, ३, ४ र ५ का लागि ‘रजिष्ट्रेसन’को काम भइरहेको बताए ।

“अहिले पनि राष्ट्रिय परिचयपत्रका लागि गाउँगाउँमा धमाधम काम भइरहेको छ”, उनले भने । जिल्लामा अहिलेसम्म दुई लाख ६६ हजार सात सय ५१ जनाको राष्ट्रिय परिचयपत्रका लागि रजिष्ट्रेसन भएको छ ।

सोमध्ये ५४ हजार तीन सय ३३ जिल्ला प्रशासन कार्यालयबाट परिचयपत्रका लागि रजिष्ट्रेसन भएको हो ।

सहायक प्रजिअ माझीले केही वर्षअघि टोली परिचालन गरेर राष्ट्रिय परिचयपत्र बनाइएको उल्लेख गर्दै उक्त टोलीले २० हजारको रजिष्ट्रेसन गरेको बताए ।

परिचयपत्र बनाउनेमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका बढी भएको बताइएको छ । रासस

प्रकाशित: १५ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया