
काठमाडौं ।
गुगलले थप सहज अनुभव प्रदान गर्नका लागि अन्ततः “क्रस–डिभाइस सर्भिसेस” मा काम गर्न थालेको छ।
यद्यपि अझै पनि आफ्नो रोल–आउट चरणमा रहेको हुनाले यो हाल सबै डिभाइसहरूमा भने उपलब्ध नहुन सक्ने जनाइएको छ। साथै यसलाई सेटिङ्गस > गुगल > डिभाइसेस् एण्ड सेयरिङ > क्रस–डिभाइस अन्तर्गत आफ्नो एन्ड्रोइड डिभाइस सेटिङहरूमा सक्रिय गर्न सकिने जनाइएको छ।
क्रस–डिभाइस सर्भिसेसले डिभाइसहरुमा एकै साथ कलहरू र पासवर्ड–फ्रि इन्टरनेट साझेदारी सक्षम गर्दछ
क्रस–डिभाइस सर्भिसेस (सेवाहरू) ले एउटै गुगल अकाउण्ट (खाता)बाट साइन इन गरिएका डिभाइसहरू बीच सहज डाटा स्थानान्तरण गर्न सघाउ पुर्याउनेछ।
९टु५गुगल ले साझा गरेको तस्बिरहरूले कल कास्टिङ र इन्टरनेट सेयरिङ (इन्स्ट्यान्ट हटस्पट) गरी दुईओटा नयाँ सुविधाहरू जारी गर्न लागिएको खुलासा गरेको छ।
कल कास्टिङ फिचरमार्फत् सहज रूपमा अर्को डिभाइसमा जारी भिडियो कल कास्ट गर्न र त्यहाँ कल जारी राख्न सकिनेछ। हाल यो सेवा गुगल मिट कलहरूको लागि मात्र उपलब्ध भए तापनि भविष्यमा थप एपहरूमा पनि चल्ने अपेक्षा गर्न सकिन्छ।
मानौं तपाईं आफ्नो फोनमा भिडियो कलमा सामेल हुनुभयो, तर ट्याब्लेटमा ठूलो डिस्प्ले हुने भएकाले तपाईं यसलाई आफ्नो ट्याब्लेटमा हेर्न चाहनुहुन्छ भने यसको लागि तपाईंले कल समाप्त गरेर आफ्नो ट्याब्लेटमा पुनः सामेल हुनुको सट्टा केवल एक ट्यापमा कल कास्ट गर्न सक्नुहुनेछ ।
इन्सट्यान्ट हटस्पटले इन्टरनेट कनेक्सन सेयर गर्न सजिलो बनाउनेछ। एउटै गुगल अकाउण्टमा आफ्नो डिभाइसहरू थप गरेपछि एकै डिभाइसमा हटस्पट सक्रिय नगरी अर्कोमा पासवर्ड इन्ट्रि नगरी इन्टरनेट सेयर गर्न इन्सट्यान्ट हटस्पट फिचर प्रयोग गर्न सकिने छ।
एक ट्यापमार्फत् कुनै पनि पासवर्ड इन्ट्रि नगरी तुरुन्तै इन्टरनेट कनेक्सन सेयर गर्न सकिनेछ।
हाल बिटामा रहेको गुगलको नयाँ क्रस–डिभाइस सर्भिसेस क्रमशः डिभाइसहरूमा उपलब्ध भइरहेका छन्। यसलाई गुगल प्ले सर्भिसेस भर्सन २४.२८.३४ (Google Play Services version 24.28.34) मार्फत् पहुँच गर्न सकिने गीज्मोचाइनामा उल्लेख गरिएको छ।
प्रकाशित: १५ श्रावण २०८१, मंगलवार