पिक्सेल ९ सिरिज भारतमा अगस्ट १४ तारिखमा सार्वजनिक हुने

Technology Khabar १५ श्रावण २०८१, मंगलवार

काठमाडौं ।

पिक्सेल-९ सिरिजको बारेमा धेरै लीकहरु देखा परेपश्चात गुगलले अन्ततः आधिकारिक टिजर जारी गरेको छ। फ्लिपकार्टको एक नयाँ माइक्रोसाइटले भारतमा पिक्सेल-९ सिरिज सार्वजनिक हुने मिति खुलासा गरेको छ।

पिक्सेल-९ सिरिजको कुन कुन भेरियन्ट भारतमा सार्वजनिक हुनेछ भन्ने स्पष्ट नभए पनि टिजरमा आएको तस्बिरमा भने कालो पिक्सेल-९ प्रो फोल्ड र सेतो पिक्सेल-९ प्रो देखिएको उल्लेख छ।

त्यसगैरी भारतमा गुगलको पहिलो फोल्डेबल डिभाइस सार्वजनिक हुन गइरहेको थप उल्लेख गरिएको छ। साथै यसअघिका रुमरहरुले पिक्सेल-९ सिरिजमा पिक्सेल-९, पिक्सेल-९ प्रो, पिक्सेल-९ प्रो एक्सएल र पिक्सेल-९ प्रो फोल्ड फिचर गरिने सुझाव दिएका छन्।

यसबाहेक सम्पूर्ण पिक्सेल लाइनअप भारतमा अनावरण गरिने छ वा छैन भन्नेबारे कुनै निश्चित जानकारी उपलब्ध नभएको उल्लेख गरिएको छ।

यद्यपि फ्लिपकार्टमा आएको टिजर फोटोले भारतमा पिक्सेल-९ सिरिजको उपलब्धता पुष्टि गरेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १५ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया