Technology Khabar १५ श्रावण २०८१, मंगलवार
काठमाडौं ।
‘२०२४ चाइनाजोय एक्स्पो’ मा हाल विभिन्न ब्रान्डहरूले धेरै नयाँ उत्पादनहरूको घोषणा गरिरहेका छन्। लेनोभो सियाओसिन १२.५ ट्याब्लेटको घोषणा यसको एउटा उदाहरण मात्र हो।
ह्वावे पनि उक्त एक्स्पोको सहभागीहरूमध्ये एक हो जसले इभेन्टमा एउटा नयाँ र अझै घोषणा गर्न बाँकी नोटबुकको आश्चर्यजनक खुलासा गरेको छ। यद्यपि कम्पनीले भने च्यासिस र प्याकेजिङ दुवैमा “जीटी” लोगो फिचर गरिएको उक्त ल्यापटपको बारेमा अहिलेसम्म कुनै विवरण साझा गरेको छैन।
ऐतिहासिक रूपमा, ह्वावेले “जीटी” भन्ने उच्च कार्यक्षमतायुक्त उत्पादनहरूका लागि आरक्षित गर्ने गरेको छ। जस्तै आउटडोर–उन्मुख वाच जीटी स्मार्टवाच र सुविधायुक्त मेटबुकभ्यू जीटी मनिटर यसको उदाहरणहरु हुन्।
यो ढाँचालाई ध्यानमा राख्दै यो “जीटी“ ब्रान्डेड ल्यापटप ह्वावेको पहिलो गेमिङ ल्यापटप हुन सक्छ भन्ने हल्ला पनि रहेको जनाइएको छ।
भिजुअल रूपमा, लीक गरिएका तस्बिहरमार्फत् केही रोचक विवरणहरूको खुलासा भएको उल्लेख छ। नोटबुकको लिडमा चम्किलो ह्वावे लोगो समामवेश गरिनुका साथै प्रभावकारी रुपमा तापक्रम व्यवस्थापनका लागि पछाडि माउन्ट गरिएको एयर भेन्ट डिजाइन रहेको जनाइएको छ।
यी गेमिङ–केन्द्रित डिजाइनको विकल्पहरूले ह्वावे गेमिङ ल्यापटपको सिद्धान्तलाई थप समर्थन गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी यस गेमिङ ल्यापटपको स्पेसिफिकेसनहरूको बारेमा पनि कुनै जानकनरीहरु अझै खुलासा गरिएको छैन। यद्यपि, एक चिनियाँ मिडिया रिपोर्टले भने ह्वावेको गेमिङ ल्यापटप पनि ह्वावे मेटबुक एक्स प्रोको जस्तै एक इन्टेल कोर अल्ट्रा प्रोसेसर र १४०डब्ल्यू चार्जिङ समर्थनसहित सुसज्जित हुन सक्छ भन्ने सुझाव दिएको जनाइएको छ।
हाल, ह्वावेको ल्यापटप पोर्टफोलियोमा स्लीक मेटबुक एक्स सिरिज, बहुमुखी मेटबुक सिरिज, बजेट–अनुकूल मेटबुक डी सिरिज र व्यापार–उन्मुख मेटबुक ई सिरिजहरू समावेश छन्।
यद्यपि, कम्पनीले अझै सम्म पनि डेडिकेटेड गेमिङ ल्यापटप भने लन्च गरेको छैन। हालैको खुलासाले ह्वावे अन्ततः गेमिङ बजारमा प्रवेश गरिरहेको छ भनेर सङ्केत गरेको जनाइएको छ। साथै उक्त डिभाइसलाई सम्भवतः “मेटबुक जीटी“ नाम दिइनेछ भनेर केही चिनियाँ प्राविधिक प्रकाशनहरूले उल्लेख गरेका छन्।
त्यसैगरी यो डिभाइस सार्वजनिक हुने मितिबारे पनि कुनै जानकारी उपलब्ध नभएको उल्लेख छ।
ह्वावेको अघिल्लो लन्च साइकल्सहरूका अनुसार, “मेटबुक जीटी” लाई कम्पनीको आगामी अटम प्रोडक्ट लन्च इभेन्टमा अनावरण गरिने अपेक्षा गरिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १५ श्रावण २०८१, मंगलवार