सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा राधिका अर्याल

  • Technology Khabar | १४ श्रावण २०८१, सोमबार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा राधिका अर्याल

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पहिलो महिला सचिव पाएको छ।

सरकारले करिब दुई दर्जन सचिवहरुको एकैपटक सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले २१ जना सचिवहरुको सरुवा गरेको हो।

स्रोतकाअनुसार सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राधिका अर्याललाई सरुवा गरेको छ।

यस विषयमा जानकार स्रोतले अर्याललाई उपराष्ट्रपति कार्यालयबाट संचार मन्त्रालयमा सरुवा गरेको जानकारी दिएको छ।

उनको स्थानमा अर्थसचिवमा रहेका मधुकमार मरासिनी भने उपराष्ट्रपति कार्यालयमा सरुवा भएका छन्।

यस्तै अर्थ सचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई दिने निर्णय भएको छ। हाल उनी राजस्व सचिव हुन्।

यस्तै, राजश्व सचिवमा भने दिनेश कुमार घिमिरेको सरुवा भएको छ। हाल उनी हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव छन्।

संचार सचिव अर्याल २०८० कात्तिक १६ गते तत्कालिन मन्त्रिपरिषद बैठकले सचिवमा बढुवा गरेको थियो।

उनी यसअघि सञ्चार मन्त्रालयमा नै सहसचिवको रुपमा कार्यरत थिईन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहेका रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा भएका छन्।

प्रकाशित: १४ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार