विश्वव्यापी ईभी ब्राण्ड बन्ने दाउमा बेलायतको विद्युतीय दुईपाङ्ग्रे सवारी कम्पनी ज्याप

  • Technology Khabar | १४ श्रावण २०८१, सोमबार
विश्वव्यापी ईभी ब्राण्ड बन्ने दाउमा बेलायतको विद्युतीय दुईपाङ्ग्रे सवारी कम्पनी ज्याप

काठमाडौं ।

ज्याप इलेक्ट्रिक भेहिकल्सले आफ्नो लण्डनमा रहेको विद्युतीय दुईपाङ्ग्रे ब्राण्डलाई वैश्विक ईभी ब्राण्ड बनाउने भएको छ। अन्तरराष्ट्रिय समाचार संस्था टेकक्रञ्चका अनुसार यसको एउटा प्रमुख बजार भारत हुने पनि जनाएको छ।

यो कम्पनीले आई३०० नामक आफ्नो पहिलो शहर केन्द्रित दुईपाङ्ग्रे सवारी यसै महिनाभित्र बेलायतमा सार्वजनिक गर्ने योजना बनाएको छ । बेलायतपछि यो उत्पादन थाइल्याण्मा पनि सार्वजनिक गरिने बुझिएको छ।

कम्पनीका सीईओ स्विन च्याट्सुवानले बताए अनुसार कम्पनीले बेलायत र थाइल्याण्ड सँगै भारतलाई पनि आफ्नो प्रमुख गन्तव्य बनाउने योजनामा रहेको छ । ठूलो बजार भएका कारण भारतको व्यापार तथा लोकप्रियताबाट नै कम्पनीको अन्तरराष्ट्रिय विस्तारको रणनीतिको वास्तविक परीक्षण हुने बुझिएको छ।

नास्दाकमा सूचीबद्ध यो कम्पनीले भारतको सम्भाव्यता देखेपछि आफ्नो उत्पादनको विस्तार यता गर्ने योजना बनाएको हो। भारत यस्तो देश हो जहाँको जनसङ्ख्या विश्वकै सबैभन्दा बढी छ भने यहाँ वार्षिक लाखौं दुईपाङ्ग्रे सवारी साधनहरु विक्री हुने गर्दछ । यसबाहेक भारत चीनपछिको दोस्रो ठूलो  दुईपाङ्ग्रे सवारी उत्पादक पनि हो ।

‘हामीले केही वर्षअघि अध्ययन गर्ने क्रममा भारतमा दोस्रो चरणमा विस्तार गर्ने निर्क्योल गरेक थियौं तर यो वर्षको शुरुवातमा हामीले यहाँ विस्तारका लागि नकुर्ने निर्णय गर्यौं’, चिट्सुवानले भने ।

ज्यापले भारतको दुईपाङ्ग्रे सवारी निर्माता बाउन्स इलेक्ट्रिक कम्पनी  १ लाई आफ्नो आई३०० भारतमै निर्माण र बिक्री गर्ने कन्ट्र्याक्ट म्यानुफ्याक्चररका रुपमा चयन गरेको छ।

विश्वमा वार्षिक २५ हजार थान सवारी बेच्ने योजना बनाएको यो कम्पनीले   भारतमा आगामी २०२५ देखि बिक्री शुरु गरेर वार्षिक कम्तीमा ५ हजार थान स्थानीय बजारमा बिक्री गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: १४ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...