
काठमाडौं ।
केहिदिन अघि बिटक्वाइन सम्मेलनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले बिटक्वाइनको पक्षमा भाषण गरेपछि यसको मूल्य ओरालो लागेको छ।
उनले गत शनिबार क्रिप्टोकरेन्सीका पारखीहरुको माझ बिटक्वाइन बिस्तारै उकालो लाग्दै गरेको भन्दै आफूहरु यसको अग्रणी हुनुपर्ने र नभएको खण्डमा चीनलेब जी मार्ने विचार व्यक्त गरेका थिए ।
उनको विचारोत्तेजक भाषणपछि साविक मूल्यमा ०९६ प्रतिशतले गिरावट आई बिटक्वाइनको मूल्य ६६ हजार ८१४ मा झरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
उक्त सम्मेलनमा उनले आगामी निर्वाचनमा आफूले जिते अमेरिकालाई क्रिप्टोकरेन्सीको अग्रणी बनाउने साथै प्रतिद्वन्द्वी कमला ह्यारिसको तुलनमा अझ बढी क्रिप्टोकरेन्सी मैत्री नीति लागू गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।
ट्रम्पले आफूले जितेमा क्रिप्टो राष्ट्रपतीय सुझाव परिषद् स्थापना गर्ने साथै क्रिप्टोकरेन्सी प्रयोग गरेर बिटक्वाइनको एउटा राष्ट्रिय ढुकुटी नै बनाउने पनि बताउन भ्याएका थिए ।
उनले जनतालाई आफूसँग भएको बिटक्वाइन नबेच्न आग्रह गर्दै आफूले जितेमा अमेरिकी सरकारले हालसम्म जफत गरेका र प्राप्त गरेका सबै बिटक्वाइनहरु भविष्यसम्मै राख्ने आफ्नो सरकारको नीति रहने पनि विश्वास दिलाएका थिए ।
टिकटकले प्रयोगकर्ताका संवेदनशील जानकारी संकलन गरेको अमेरिकी न्याय विभागको आरोप
प्रकाशित: १४ श्रावण २०८१, सोमबार