Technology Khabar १४ श्रावण २०८१, सोमबार
काठमाडौं ।
विशेष अदालतले निलम्बनमा रहेका मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई धरौटीमा रिहा गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको आइतबार बसेको इजलासले अर्यालसँग बयान लिएपछि ५० हजार धरौटी माग गर्ने आदेश गरेको हो।
उनी धरौटी बुझाएर रिहा भएका विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिएका छन्।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले दायर गरेको अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी आइतबार अदालतमा उपस्थित भएका थिए।
तत्कालीन सचिव डा अर्याल तथा तत्कालिन सेक्यूरिटी प्रेसका कार्यकारी निर्देशक विकल पौडेलसहित ११ जनाविरुद्ध असार ९ गते आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
अख्तियारले उनीसहितका प्रतिवादीहरूसँग ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो दाबी माग गर्दै मुद्दा हालेको हो।
प्रकाशित: १४ श्रावण २०८१, सोमबार