एआईयुक्त सेफ ब्राउजिङ प्रविधि प्रयोग गरी क्रोम डाउनलोड रिडिजाइन गर्दै गुगल

Technology Khabar १४ श्रावण २०८१, सोमबार

काठमाडौं ।

गुगलले क्रोमको सेक्युरिटी फिचर्स (सुरक्षा सुविधाहरू) लाई पुनः डिजाइन गरिएको डाउनलोड एक्सपिरियन्स (अनुभव) को साथ बलियो बनाउने उल्लेख गरेको छ।

ब्राउजरले अब एआई–पावर्ड (सञ्चालित) गुगल सेफ ब्राउजिङ टेक्नोलोजी प्रयोग गरेर “शङ्कास्पद फाइलहरू” र “खतरनाक कागजातहरू” बीच फरक छुट्याउने जनाइएको छ।

साथै फरक आइकन, रङ्ग र टेक्स्टहरूद्वारा संकेत गरिएको यो वर्गीकरणले प्रयोगकर्ताहरूलाई डाउनलोड गरिएका फाइलहरूको बारेमा सूचित निर्णयहरू गर्न सशक्त बनाउने उल्लेख गरिएको छ।

एन्हान्स्ड प्रोटेक्शन मोड सक्षम भएका क्रोम प्रयोगकर्ताहरूले स्वचालित रूपमा डाउनलोडहरू स्क्यान गर्न सक्ने

सुरक्षालाई थप बलियो बनाउनका लागि एन्हान्स्ड प्रोटेक्शन मोड सक्षम भएका क्रोम प्रयोगकर्ताहरूले म्यानुअल सुरक्षा जाँचहरूको आवश्यकतालाई हटाउँदै डाउनलोड गरिएका फाइलहरूको स्वचालित गहिरो स्क्यानिङबाट लाभ उठाउनेछन्।

साथै यो प्रोएक्टिभ अप्रोचले हानि गर्ने किसिमको डाउनलोडहरू रोक्ने लक्ष्य राखेको उल्लेख गरिएको छ।

डाउनलोडबारे चेतावनीहरूमा स्पष्टता र एकरूपतामा सुधार गर्दै गुगलले सुरक्षाका उपायहरू बाइपास गर्ने प्रयोगकर्ताहरूको सम्भावना कम गर्ने र समग्र अनलाइन सुरक्षा बढाउने आशा गरेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १४ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया