काठमाडौं ।
स्मार्टफोन क्यामरा बजारको लागि सम्भावित गेमचेन्जरको रुपमा अब सामसङले एप्पलका आईफोनहरूका लागि ईमेज सेन्सरहरूको विशेष आपूर्तिकर्ता बनेर सोनीको लामो समयदेखि चलिरहेको प्रभुत्वलाई चुनौती दिन तयारी गरिरहेको छ।
प्रख्यात एप्पल विश्लेषक मिङची कुओका अनुसार, आईफोन १८ सिरिजको लागि १/२.६ इन्च, ४८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामरा सेन्सरको साथ दक्षिण कोरियाली टेक जायन्टले सन् २०२६ भित्र अहिलेको एप्पलको प्रतिष्ठित आपूर्ति श्रृंखला तोड्ने तयारी गरिरहेको उल्लेख छ।
समर्पित टोली गठन
यो महत्वाकांक्षि लक्ष्य हासिल गर्न, सामसङले एप्पलका कडा आवश्यकताहरू पूरा गर्नमा केन्द्रित रहेको समर्पित टोली स्थापना गरेको छ। सामसङले आफ्नो क्यामरा सेन्सर व्यवसायलाई विविधीकरण गर्ने र आकर्षक आईफोन बजारमा ट्याप गर्ने लक्ष्य राखेकोले यो रणनीतिक कदमले उद्योगमा ठूलो परिवर्तन ल्याउने संकेत गर्छ।
एप्पलको आपूर्ति श्रृंखलामा सामसङको सम्भावित प्रवेशले दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ। नवीनतालाई ड्राइभ गर्नुका साथै स्मार्टफोन क्यामरा प्रविधिको सीमाहरूलाई धकेल्दै, यसले दुई टेक जायन्टहरू बीचको प्रतिस्पर्धालाई तीव्र बनाउने सम्भावनाको उल्लेख गरिएको छ।
यसबाहेक, एप्पलले आफ्ना आपूर्तिकर्ताहरूलाई विविधीकरण गर्ने निर्णयले सम्भावित लागत घटाउन सक्छ, जसले कम्पनीलाई थप प्रतिस्पर्धी मूल्य निर्धारण गर्न वा उत्पादन विकासका अन्य क्षेत्रमा लगानी गर्न अनुमति दिने जनाइएको छ।
सोनीले वर्षौंदेखि क्यामरा सेन्सरका लागि एप्पलको भरपर्दो साझेदार भएर आफ्नो भूमिका निर्वाह गर्दै आएको छ। यद्यपि आपूर्ति श्रृंखला स्थिरता र नयाँ क्यामरा प्रविधिहरूको एकीकरणको चिन्ताले आईफोन निर्मातालाई वैकल्पिक विकल्पहरू खोज्न प्रेरित गरेको उल्लेख छ। साथै आफ्नो उन्नत इमेजिङ क्षमता र उत्पादन क्षमताले गर्दा सामसङ बलियो दावेदार बनेको उल्लेख गरिएको छ।
यद्यपि, आईफोनको लागि आपूर्तिकर्ता बन्ने बाटो चुनौतीहरूले भरिएको हुने बताइएको छ। सामसङले एप्पलको कडा गुणस्तर मापदण्डहरू पूरा गर्नको लागि कन्सिस्टेन्ट पर्फर्मेन्स डेलिभर गरेर कडा उत्पादन तालिकाहरू कायम राख्ने आफ्नो क्षमता प्रदर्शन गर्न आवश्यक हुनेछ।
यदि सामसङ यसमा सफल भयो भने, यो साझेदारीले ईमेज सेन्सर प्रविधिमा विश्वव्यापी नेताको रूपमा सामसङको स्थितिलाई बलियो बनाउने सम्भावना छ।
प्रतिस्पर्धा बढ्दै जाँदा, उपभोक्ताहरूले भविष्यका स्मार्टफोनहरूमा अझ प्रभावशाली क्यामरा फिचर्सहरू र क्षमताहरू अपेक्षा गर्न सक्ने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १३ श्रावण २०८१, आईतवार