गुगल पिक्सेल ९ को विवरण बाहिरियो, ३ साइजमा आउने

  • Technology Khabar | १२ श्रावण २०८१, शनिबार
गुगल पिक्सेल ९ को विवरण बाहिरियो, ३ साइजमा आउने

काठमाडौं ।

गुगल पिक्सेल ९ सिरिज भ्यानिला , प्रो र  प्रो एक्सएल गरी तीन साइजमा आउने अपेक्षा गरिएको छ।

इभान ब्लासले सबै तीन डिभाइसहरूको बीच के–कत्ति समान हुनेछन् भनेर देखाउने रेन्डरहरूको अतिरिक्त सेट साझा गरेका छन्।

पिक्सेल ९ को पछाडि प्रिमियम ९ प्रो र प्रो एक्सएलमा पाइने टेलिफोटो लेन्सभन्दा भिन्न दुईवटा क्यामराहरू हुनेछन् र जसमा थोरै बाक्लो बेजेलहरू पनि रहेको उल्लेख गरिएको छ।

एन्ड्रोइड अथोरिटिले पिक्सेल ९ सिरिजको डिस्प्लेको बारेमा विस्तृत विवरणहरू साझा गरेको जनाइएको छ। पिक्सेल ९ सिरिजको तीनओटै मोडेलहरूमा सामसङद्वारा निर्मित एम१४ ओएलईडी प्यानलहरू हुनेछन् जुन उत्कृष्ट ब्राइटनेस (चमक) सहित लामो समयसम्म टिक्ने जनाइएको छ।

साथै उक्त प्यानल यो वर्षको शरद ऋतुमा जारी गरिने आईफोन १६ प्रो र प्रो म्याक्समा पनि आउने अपेक्षा गरिएको छ।

पिक्सेल ९ मा १,०८० × २,४२४ पीएक्स (पिक्सेल) रेजोल्युसन र १२० हर्ज रिफ्रेस रेटको साथ ६.२४–इन्च प्यानल समावश गरिने छ। साथै यसले १,८०० निटको पिक ब्राइटनेस प्रदान गर्ने अपेक्षा गरिएको छ।

पिक्सेल ९ प्रो मा भने १,२८० × २,८५६ पीएक्स (पिक्सेल) रेजोल्युसन रहने र यसमा १२० हर्ज रिफ्रेस रेट भएको ६.३४ इन्चको सानो डिस्प्ले रहने बुझिएको छ। साथै यसले २,०५० निटको ब्राइटनेस प्रदान गर्ने थप उल्लेख छ।

पिक्सेल ९ प्रो एक्सएलमा भने ६.७३–इन्च प्यानलको साथ  यी मोडेलहरूमध्ये सबैभन्दा ठूलो डिस्प्ले समावेश गरिने जनाइएको छ र १,३४४ × २,९९२पीएक्स (पिक्सेल) रेजोलुसनयुक्त यसले १२० हर्ज रिफ्रेस रेट प्रदान गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १२ श्रावण २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार